प्रयास पराजुली
काठमाडौ ।
केपी ओली नेतृत्वको सरकारमा चालिस जना मन्त्री छन् । प्रधानमन्त्रीले एक जना मात्र सांसद रहेकालाई पनि मन्त्री, राज्य मन्त्री र सहयाक मन्त्री बनाएका छन् । प्रधानमन्त्रीको निर्वाचन हुँदा मधेस समता पार्टी नेपालका अध्यक्ष मेघराज नेपाली (निषाद) अस्पतालबाट भोट दिन संसद भवन गएका थिए । विरामी अवस्थामा पनि भोट दिन आएको गुण तिर्नको लागि प्रधानमन्त्री ओलीले उनलाई मन्त्री बनाए । झण्डै एक महिना पछि उनले उद्योग राज्य मन्त्रीको जिम्मेवारी पाए । उनी अहिले स्वस्थ भएका छन् ।

megh-raj-nepali nishadh

फाइल तस्बिर

राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री निषादले मन्त्री पद छोडे आफू मर्ने बताएका छन् । उनले मन्त्री पद छोडदा गाडी, झण्डा र पैसा नहुने भएकाले औषधी खाने पैसा नभए मर्ने गुनासो गरेका हुन् ।

कारवाही गर्न थालौँ भोली मलाई फुटबल खेल्छन्
देशमा कालोबजारी छ । मलाई थाहा छ । भटाभट कारवाही गरौँ भोली बिहानको समाचारमा नै मन्त्री पद गएको सामाचार सुन्न पर्छ । कालोबजारीको बिकबिकी छ । म मन्त्री हुँ कारवाही गर्न थालौँ मै माथि कारवाही हुन्छ । अहिले पेट्रोल डिजल ग्यासको समस्या छ थाहा छ । उद्योग माथि छापा पार्दा अहिले मलाई फोन आइसक्यो–‘ऐ मन्त्री के गरेको यो ? किन मन्त्री गएको त्यहाँ ? थर्कउदोँ पो रहेछ । आज नाकाबन्दीको बहाना थियो, नाकाबन्दी खुल्यो । अहिले कसको कमजोरी हो ? यो निकै गम्भीर कुरा हो । हामी तयार छौ कारवाही गर्न तर कसैले यता च्यापेको छ कसैले उता च्यापेको छ । म कालो मान्छे परेँ गोराहरुको राज छ यहाँ । कारवाही गर्न थालौ भोली मलाई फुटबल खेलेर निकालिन्छ । यो साँचो कुरो हो ।

सरकारले केही नगर्ने प्रश्न गर्दा निषादले भने–मन्त्री पद छोडौ मर्छु
दर्शक दिर्घाबाट प्रश्न आयो कुर्सीको लागि मात्र बस्ने जनताको समस्या समाधान नगर्ने ? मन्त्री झन कडा रुपमा प्रस्तुत हुँदै भने, ‘हामीले हिजो कारवाही गर्यो । म पनि सहभागी छु, मैले चाहे भने कतिलाई हतकडी लगाउन सक्छु । तर के गर्ने मलाई नै हतकडी लगाइदिन्छन । विरामी छु मन्त्री पद छोडौँ मर्छु, गाडी हुँदैन झण्डा जान्छ, पाउने पैसा पनि पाउँदिन मन्त्री छोडौँ सासंद भएर भिख माग्यो भन्छन् । मैले भ्रम पार्न खाजेको होइन सत्य कुरा यही हो ।

काठमाडौँलाई कालोबजारीको रोग लागेका छ
कारवाही गर्न सरकार प्रतिबद्ध छ । अब डिजल पेट्रोल र ग्यास खुल्ला गरिदिन्छौँ । धेरै खुल्ला भइसक्यो । तर कालोबजारीको रोग लागेको काठाडौलाई । के डर छ भने कारवाही गर्न जादा आफै कारवाहीमा परिला भन्ने चिन्ता छ । नेपालका जनता धनी छन्, देश गरिब छ । शिक्षक डाक्टार, कर्मचारी पहाडमा जान चाहदैँनन् । सदरमुकाम शहरमा मात्र बस्न चाहन्छन । यसको न्युनिकरण जरुरी छ । राजनधानीमा मात्र बस्न चाहन्छन् । कोही पनि गाउं जान चाहदैनन । कसको जिम्मेवारी हो ?

हतकडी लगादियो कसरी काम गर्ने ?
हाम्रो संसदले हामीलाई हतकडी लगाइदिएको छ । हरेक संसदलाई डेढ करोड रुपैयाँ दिएको छ । जिल्ला विकास मार्फत जान्छ । हामी मार्फत दिन्छन् । हामी किन लिने, किन बदनाम हुने ? म एक्लै संसदमा आएको छु । हामीलाई हतकडी लाउने, टर्चर दिने काम भएको छ । हामीलाई कति टेन्सन छ । रातभरी सुत्न पाउछु कि पाउदिन भोली सुत्न पाउछु कि पाउदिन । सुरक्षित रहु भगवान पशुपतिनाथले रक्षा गरुन ।

राजनीति भ्रमको खेती
सत्य बोल्दा भोली मन्त्री पद छोडनु पर्छ । साचो कुरा बोल्यो भने भोली उद्योग राज्य मन्त्री बर्खास्त भनेर निर्णय हुन्छ । रानजीति भनेको भ्रमको खेती हो । जो जति भ्रमको खेती गर्न सक्छ उही नै सफल हुने हो ।

मन्त्री पढेका छैनन कुरा ठूला गर्छन
अहिलेको क्याविनेटमा मन्त्री पढेका छैनन् । धेरै बुझेका छैनन । ठूला ठूलो कुरा गरेका छन् । मन्त्री हुनको लागि त अध्ययन चाहियो, योग्यता चाहियो नि ? मन्त्रीहरुसंग डिग्री छैन । साचो कुरा गरौ मैले मन्त्रीबाट बर्खास्त हुनुपर्छ ।