१ पुस, काठमाडौं । पाकिस्तानी पूर्वराष्ट्रपति जनरल परवेश मुशर्रफलाई लाहोर उच्च अदालतले मृत्युदण्डको फैसला सुनाएको छ । उनीविरुद्ध देशद्रोहको अभियोग मृत्युदण्डको फैसला सुनाइएको हो । लाहोर उच्च अदातलको तीन सदस्यीय न्यायाधीसको इजलासले यो फैसला गरेको हो ।

संविधानको अवहेलना र गम्भीर देशद्रोहको अभियोग आफूमाथि लागेपछि उनले भनेका थिए, ‘यो एकदमै निराधार हो । देशद्रोह हैन, मैले देशको एकदमै सेवा गरेको छु, युद्ध लडेको छु र १० वर्षसम्म देशको सेवा गरेको छु ।’ उनले भनेका थिए, ‘अदालतले मेरो वकिलको कुरा सुनेकै छैन, अदालतले मलाई एकदमै ज्यादती भइरहेको छ र न्याय दिइरहेको छैन ।’ उनले आफूलाई न्याय हुने विश्वास समेत यसअघिको एक अन्तर्वार्तामा भनेका थिए ।

मुसर्रफ अहिले पाकिस्तानमा छैनन्, उनी दुबईमा आफ्नो उपचार गराइरहेका छन् । केहीदिन असघ मुशर्रफले एक भिडियो जारी गर्दै आफ्नो स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिएका थिए । सोही समयमा अनुसन्धान आयोगका मानिसहरु अस्पतालमा पुगेको देखिएको थियो ।

के हो पूरा घटना ?
इस्लामावादको विशेष अदालतले ३१ मार्च २०१४ मा देशद्रोहको एक मुद्दा दर्ता गर्दै पूर्व राष्ट्रपति मुशर्रफलाई मुख्य अभियुक्त बनाइएको थियो । उनी पाकिस्तानका पहिलो व्यक्ति थिए जसविरुद्ध संविधानको अवहेलनाको मुद्दा लागेको थियो ।

२०१३ को चुनाव जितिसकेपछि पाकिस्तान मुस्लिम लिग (नवाज) सरकारमा आयो । सरकारमा आइकसेपछि पूर्व सैनिक राष्ट्रपति परवेश मुशर्रफ विरुद्ध संविधानको अवहेलना मुद्दा दर्ता गरिएको थियो । पूर्व सैन्य राष्ट्रपतिविरुद्ध एक गम्भीर देशद्रोहको सुनुवाई गर्ने बिशेष अदालतको चारजना न्यायाधीस फेरिइसके । परवेश यस घटनाको मुद्दा दर्ता भएदेखि अहिलेसम्म जम्मा १ पटक मात्र अदालतमा हाजिर भएका छन् ।

इहि मार्च २०१६ मा स्वास्थ्यको कारण देखाउँखै उनी विदेश गएका थिए । तत्कालीन सत्ताधारी पार्टी मुस्लिम लिग (नून)ले एलिक्ट कन्ट्रोल लिस्टबाट उनको नाम हटाइदिएको थियो, त्यसपछि उनलाई देश छाडेर जाने अनुमति दिइएको थियो ।

जनरल परवेश मुशर्रफले अक्टोबर १९९९ मा सैन्य विद्रोह गर्दै पाकिस्तानको सत्ता आफ्नो हातमा लिएका थिए । २००१ को जुनमा मुशर्रफले सैन्य प्रमुख हुँदाहुँदै आफैँलाई राष्ट्रपति घोषणा गरेका थिए । २००२ को अप्रिलमा एक विवादास्पद जनमत संग्रह गरेर मुशर्रफ थप ५ वर्षको लागि राष्ट्रपति बने । २००७ को अक्टोबर–नोभेम्बरमा मुशर्रफले फेरि पनि राष्ट्रपतिको चुनाव जितेका थिए ।

तर, उनको जितलाई सर्वोच्च अदालतले बैधानिक नभएको भनेको थियो । त्यसपछि उनले देशमा संकटकालको घोषणा गर्दै प्रधानन्यायाधीस इफ्तिखार चौधरीलाई हटाएर नयाँ प्रधानन्यायधीस नियुक्त गरे । नयाँ आएका प्रधानन्याधीसले चुनावलाई मान्यता दिए । २००८ को अगस्टमा मुशर्रफले राष्ट्रपतिबाट राजीनामा दिए । प्रमुख दुई सत्ताधारी पार्टीले उनीविरुद्ध महाअभियोग लगाउने सहमति गरेपनि मुशर्रफले राजीनामा दिएका थिए ।