१ असार, काठमाडौं ।
सरकारकै एक घटक राष्ट्रिय जनमोर्चाले संघीयताले मुलुकको राष्ट्रियता विखण्डनको दिशातर्फ लगेको भन्दै संघीयता खारेजीको माग गर्दै भोलिबाट आन्दोलनमा उत्रने भएको छ ।

ओलीले प्रचण्डलाई सोधे- हामीले सात महिनामै छाड्नुपर्ने, तपाईंहरू २० महिना खाने ?’

पार्टील बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेरे गणतन्त्रलाई संस्थागत गर्न र संविधानका सकारात्मक प्रावधानहरुलाई लागु गर्न संघीयता नै बाधक भएकाले यसको खारेजीको माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

chitra bahadur kc

कार्यक्रममा महासचिव जनकराज शर्माले संघीय प्रणाली नेपालको वस्तुस्थितिसँग मेल खान नसक्ने उल्लेख गर्दै भने,‘संघीयताले नेपालको जातीय, क्षेत्रिय सद्भाव र एकता खलबल्याउँछ, संघीयताले हिमाल र पहाडबाट तराई अलग गराएर भारतीय संघमा विलय गराउने भारतीय स्वार्थलाई टेवा पु¥याएको छ, त्यसैले हामी यसको तत्काल खारेजीको माग गर्छौं ।’

सम्झौता कार्यन्वनयः चीनतर्फ सुख्खा बन्दरगाह बनाउने काम तिव्र

शर्माले संघीयताकै कारण मुलुकमा यतिवेला जातीय राज्य र एक मधेश एक प्रदेश, बहुराष्ट्रवाद लगायत विखण्डनकारी नाराले अशान्ति र अराजकताको अवस्था सिर्जना गरेको भन्दै त्यसको खारेजीको लागि आफ्नो पार्टी सडक, सरकार र सदन तीन ठाउँबाटै आन्दोलन गर्ने बताए ।
पार्टीले देश गम्भीर संकटमा घडिमा गएको भन्दै यसलाई बचाउनका लागि देशव्यापी अभियान चलाउन लागेको जानकारी दिएको हो ।

करिश्मालाई अमेरिकाबाट छोरीले सोधिन्- आमा राष्ट्रिय बेइज्जत गरेउ रे !

शर्माले राष्ट्रियताको रक्षा, राष्ट्रघाती अपर कर्णाली सम्झौता, नागरिकता ऐन, महङ्गी, भष्ट्रचार विरुद्ध यही असार २ गतेदेखि १९ गतेसम्म गाँउ र जिल्लास्तरिय कोणसभा गर्ने जानकारी दिए । त्यस्तै पार्टीले असार २० गतेदेखि असार मसान्तसम्म जिल्लास्तरीय सभा एवम कोण सभा गर्ने भएको छ ।
त्यसैगरि आगामी साउन २ गतेदेखि श्रावण मसान्तसम्म देशका प्रमुख स्थान र सदरमुकाममा राष्ट्रियताको रक्षा र संघीयताको खारेजी विषयक अन्र्तक्रिया कार्यक्रम गर्ने भएको छ ।