२९ जेठ, काठमाडौं।

चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्द बहादुर पुनले चीनलाई नेपालको उर्जा र पूर्वाधार विकासमा लगानी गर्न आग्रह गरेका छन्।chen hao and nanda bahadur pun

युआन प्रान्तका गभर्नर चेन हाओसंग भेटवार्ता गर्दै उपराष्ट्रपति पुनले युआन प्रान्तमा झै नेपालको विकासमा पनि सहयोग गर्न आग्रह गरेका हुन। उपराष्ट्रपति पुनले संविधान जारी भएपछि नेपालमा लगानीको वातावरण बनेको बताउँदै युआन प्रान्तका व्यावसायीलाई नेपालमा लगानी गर्न आग्रह गरेका हुन।

नेपालमा भुकम्प जाँदा चीनले पुर्याएको सहयोगको पनि उपराष्ट्रपति पुनले प्रशंसा गरेका छन्।

उपराष्ट्रपति पुनको आग्रहपछि हाओले चीनको युआन प्रान्त नेपालमा उर्जा, पूर्वाधार, पर्यटन, स्वास्थ्य, शिक्षा र आपसी सम्बन्ध विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

युआन प्रान्तको सरकारी उर्जा लगानी समुहले नेपालको उर्जा क्षेत्रमा लगानी गर्न इच्छा समेत देखाएको छ।