१८ कार्तिक, लमजुङ । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा संविधानसभा निर्वाचनमा लमजुङ क्षेत्र नं २ का लागि एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङलाई पितृशोक परेको छ ।

उनका पिता लमजुङ गिलुङ – ८ टक्सार निवासी ८७ वर्षीय गङ्गाबहादुरको ८७ वर्षका उमेरमा आज बिहान निधन भएको हो । निर्वाचनको प्रचारप्रसारका क्रममा रहेका नेता गुरुङ पिताको निधनपछि प्रचारप्रसारको काम छाडेर आफ्नो घर पुगेका छन् । उनका पिताको आजै गुरुङ परम्पराअनुसार अन्त्येष्टि गरिने भएको छ ।

पिताको निधनपछि निर्वाचन कार्यक्रम स्थगन गरी घर जानुभएका गुरुङले यही कात्तिक २१ गते समीभन्ज्याङबाट पुनः निर्वाचन कार्यक्रममा सहभागी हुने बताए । रासस