एजेन्सी ।

एक समय थियो, सार्वजनिक रुपमा मानिसहरु ‘स्यानेटरी प्याड’को कुरा गर्न त के हेर्न पनि लजाउँथे । यद्यपी, अहिलेसम्म पनि समय त्यस्तै–त्यस्तै नै छ, तर यदि यो भनौ, महिलाको महिनावारीसँग जोडिएको उत्पादनको आविष्कार खासमा पुरुषका लागि थियो भनेको सुन्दा अचम्म लाग्न सक्छ ।

‘माइ पीरियड ब्लग’को खबरअनुसार, विश्वका सबैभन्दा पहिलो ‘डिस्पोजल स्यानेटरी प्याड’ फ्रान्सको नर्सहरुले प्रथम विश्व युद्धमा घाइते भएका सैनिकहरुका लागि अत्यन्तै रगत बग्ने क्रमलाई रोक्नका लागि तयार पारेका थिए । सैनिकहरुलाई गोलीबाट बचाउँने ‘बेन्जामिन फ्र्याक्लिन’को एक आविष्कारबाट प्रेरित भएर यो ‘न्यापकिन’ तयार गरिएको थियो । यो ‘न्यापकिन’लाई तयार गर्न यस्तो चीज प्रयोग गरियो, जुन युद्धमा सजिलै उपलब्ध थियो । एकदमै छिटो रगत सोस्ने यो ‘न्यापकिन’ एकपटक प्रयोग गरेपछि ‘डिस्पोज’ गर्न सकिने थियो ।

यसअघि यस्तो प्याड कुनै पनि महिनावारी भएकी महिलाले प्रयोग गरेका थिएनन् वा फेरि प्रयोग गर्न मिल्ने कपडाको प्याड प्रयोग गर्थे । जब फ्रान्समा सैनिकको लागि प्याड तयार गरियो, त्यसपछि फ्रान्समा काम गर्ने अमेरिकी नर्सहरुले महिनावारीको समयमा प्रयोग गर्न थाले । त्यहीबाट ‘स्यानेटरी प्याड’ महिलाको प्रयोजनको रुपमा प्रयोग हुँदै आएको छ ।