दक्षिण कोरियाकी राष्ट्रपति  पार्क गुन हेले अन्नतत: आफ्नो पद गुमाइन। उनलाई महाअभियोग लगाएर पदबाट हटाइयो।जुन काण्डले पार्क गुन हेलाई निल्यो त्यसमा एउटा कुकुरको ठुलो भुमिका थियो।

पत्याउन गाह्रो लाग्ने सनसनीपुर्ण घट्नाको सार्वजनिकिकरण  को यंग टे नामका व्यक्तिले गरेका हुन्। सुन्दा फिल्मी झै    लाग्ने घट्नामा तीनै को यंग टीलाई राष्ट्रपतिकी खास मित्रले आफ्नो छोरीको कुकुर हेर्न लगाएकी थिइन। तर यंग कुकुर हेर्न छोडेर गल्फ खेल्न गएपछि यी दुइबीच निकै ठुलो झगडा बन्यो। झगडा र वैमनष्यको ज्वरो शान्त गर्न यंग टीले बद्ला लिने निर्णय गरे। उनले राष्ट्रपति मित्रको बारेमा भ्रष्टचारको विषयमा मिडियालाई सम्पुर्ण जानकारी उपलब्ध गराए। जसको नतिजा राष्ट्रपति पार्क गुन हेले पद गुमाइन।south_korean_president_park_geun-hye

राष्ट्रपतिकी खास मित्र ६० वर्षिय  चोय सुन सिल र को यंग टी, जो पुर्व राष्ट्रिय खेलाडी पनि हुन, बीच मित्रता थियो। उनिहरुको   सन २०१२ मा पार्क राष्ट्रपतिमा निर्वाचित भए लगतै भेट भएको थियो। को यंग टी ब्याग र कपडाको व्यवसाय गर्दथे। उनले उपलब्ध गराएका  लुगा र ब्याग चोय सुन सिल हुँदै राष्ट्रपति पार्कको  दराजसम्म पुग्थ्यो।

राष्ट्रपति पार्कले त्यही ब्याग प्रयोग गरेपछि यंग टीको व्यापार बढ्यो नै उनि स्थानिय स्तरमा सेलेब्रेटी झै बने। तर कथामा ट्विस्ट आउन बाँकी नै थियो।

सन २०१४ मा चोय सुन सिलले यंग टीलाई छोरीको कुकुर हेरिदिन आग्रह गरिन्। उनले कुकुरलाई घरमा ल्याए। कुकरलाई घरमै छोडेर गल्फ खेल्न गए। फेर्केर आउँदा घरमा चोय थिइन्।कुकुरको हेरविचार नगरेको भन्दै चोय निकै क्रुद्ध थिइन्।   यी दुइ बीच ठुलो झगडा पर्यो । त्यसयता उनिहरुको सम्वन्ध लगतार ओरालो लाग्दै गयो।त्यस घट्ना पछि चोयले आफूलाई दास जस्तो व्यवसार गर्ने र गाली गलौज गर्ने शुरु गरेको को यंगले बताए ।mass-rally-planned-in-seoul-calling-for-parks-ouster

अपमानले क्रोधित बनेका को यंगले प्रेसमा राष्ट्रपति र चोयको सम्वन्ध बारेमा बताएर बदला लिने निर्णयमा पुगे।केही महिनासम्म उनले चोय र राष्ट्र्पतिको सम्वन्ध प्रमाणित गर्ने लगातार प्रमाण जुटाइरहे जसमा त्यो सिसिटिभी फूटेजपनि सामेल छ जहँ चोयले राष्ट्रपतिका सहयोगीहरुलाई नोकरझै व्यवहार गरेको देखिन्छ।

अक्टोबरमा एक टेलिभिजनमा कार्यक्रममा को यंले चोयको सबै भन्दा मन पर्ने कामनै राष्ट्रपति पार्कको भाषण छाटँकाँट गर्नु रहेको बताए। जब  मिडियाले यसमा खोजतलाश गर्न शुरु गर्यो, एउटा ट्यालेट भेटियो जसमा चोयको सेल्फी सहित राष्ट्रपति पार्कका भाषणहरु थिए।

राष्ट्रपति पार्केले आफूले गलत तरिकाले चोय सुन सिललाई सरकारमा पहुँच दिएको स्विकार गर्दै माफी समेत मागिन। तर काण्ड त्यही रोकिएन। हाल पार्क च्युत भईसकेकी छिन् तर को यंग टी भने हिरो बनेका छन्।