५ वैशाख, ललितपुर ।

ललितपुरको लगनखेलस्थित कर्मचारी संचय कोष भवनमा रहेको ललितपुर मल तथा ललितपुर मोबाइल कम्प्लेक्सले न्यू ईयर मेला २०७३ मा एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैमा दिने भएको छ ।

ललितपुर मोबाइल कम्प्लेक्सले न्यू ईयर मेला २०७३ को अवधिभर कुनैपनि नयाँ मोबाइल खरिद गर्दा अर्को मोबाइल निःशुल्क उपहारमा दिने योजना ल्याएको छ । यो योजनाअन्तरगत ग्राहकहरुले कुनैपनि ब्राण्डको रु ३५,००० भन्दा बढि मूल्यको मोबाइल खरिद गर्दा अर्को मोबाइल उपहारमा प्राप्त गर्नेछन् । ३५ हजार रुपैंया भन्दा बढिको मोबाइल खरिदमा ग्राहकहरुले सिंगापुरको ब्राण्ड डिटिसीको रु १,००० मूल्य पर्ने वाऊ फोन उपहारमा निशुल्क प्राप्त गर्न सक्नेछन् । यो योजनामा ग्राहकहरुलाई रु ३५,००० भन्दा बढि मूल्यका स्मार्टफोनहरु बजार मूल्यमा बिक्री गरिने छ र ग्राहकले अर्को फोन निःशुल्क घर लान सक्नेछन् ।

यसका साथै ललितपुर मोबाइल कम्प्लेक्समा कुनैपनि ब्राण्डको मोबाइल खरिदमा ४० प्रतिशतसम्मको नगद छुट योजना पनि संचालनमा रहेको छ । कम्प्लेक्समा मोबाइल खरिद गर्ने हरेक ग्राहकहरुलाई हातखाली नहुने गरि उपहारको व्यवस्था पनि कायमै राखिएको छ । विभिन्न एसेसरिजको खरिदमा, फोन रिपेयर, फोन एक्सचेन्जमा पनि विशेष छुट राखिएको छ । हरेक ब्राण्डको मोबाइल खरिदमा स्टीकर, सेल्फी स्टिक, कप, ब्लूटूथ स्पीकर, मोबाइल कभर, ब्याग, एरुनको पावरब्यांक लगायतका उपहार राखिएको छ ।

नयाँ वर्षको उपलक्ष्यमा आयोजना भईरहेको मेलामा दैनिक तीन जना अवलोकनकर्ताहरुले तीनवटा स्मार्टफोन जित्न सक्नेछन् । ललितपुर मलले आयोजना गर्ने मेलामा निशुल्क प्रवेशको साथमा प्राप्त हुने कुपनको आधारमा दैनिक तीन जनाले लक्की ड्रमार्फत उपहार जित्न सक्ने मलले जनाएको छ ।