२३ पुस, काठमाडौं । सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । बुधबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलाको ७६ हजार ५ सय रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । सोमबार ७६ हजार रहेको सुन मंगलबार ७५ हजार ५ सयमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य भने ७६ हजार २ सय कामय भएको छ ।

अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेकोले नेपालमा सुनको भाउ आकाशिएको व्यवसायीको भनाइ छ । महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले पछिल्लो समय अमेरिका र इरानबीचको बढ्दो तनावको असर पनि सुनको मूल्यमा परेको छ ।

सुनको मूल्य बढेसँगै कारोबार घटेको छ । साना व्यवसायीहरु त पलायन हुन खतरामा पुगेको पूर्वअध्यक्ष शाक्यले बताए । चाँदी पनि आज तोलामा २० रुपैयाँ बढेर ९ सय २० रुपैयाँ पुगेको छ ।