३२ साउन, भक्तपुर । भक्तपुरलाई बर्डफ्लु सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएपछि सरकारले एकै दिन ५३ हजार ३०८ वटा कुखुरा नष्ट गरेको छ ।

जिल्ला पशुसेवा कार्यालयका प्रमुख खगेन्द्रराज भट्टले बिहीबार एकैदिन २६ फार्ममा ५३ हजार ३०८ कुखुरा, एक लाख ८१ हजार ५२६ अन्डा र चार हजार ३६३ किलो दाना नष्ट गरिएको भट्टले बताए । आज पनि कुखुरा नष्ट गर्न १० वटा टोली परिचालन गरेको उनले बताए ।

बुधबार एकै दिन नष्ट गरिएका कुखुराको तथ्याङ्क आज सार्वजनिक गर्दै बुधबार सङ्कटग्रस्त घोषणा गरिएपछि बिहीबार बिहानदेखि रातिसम्म ¥यापिड रेस्पोन्स टिमले कुखुरा मार्न थालेको हो । यसअघि सङ्कटगस्त क्षेत्र घोषणा गर्नुअघि बर्डफ्लु सङ्क्रमित दुई लाख ७६ हजार ८५३ कुखुरा, ट लाख २४ हजार १० अन्डा र २७ हजार ८५ किलो दाना नष्ट गरिएको थियो । रासस