एजेन्सी ।

गुगलले आफ्नो वार्षिक कन्फरेन्स (Google I/O developer conference) मा गुगल एण्ड्रोइडमा नयाँ भर्जनको घोषणा गरेको छ ।

यो भर्जनलाई ‘एण्ड्रोइड एम’ भनिएको छ । गुगले अव यो भर्जनको प्रि रिलिज जारी गरिने र वर्षको अन्त्य सम्ममा नयाँ भर्जन पूर्णरुपमा नै पाउन सकिने जनाइएको छ ।

android m

गुगलका प्रमुख सुन्दर पिचाइले नयाँ अपरेटिङ सिष्टम एण्ड्रोइडड एममा यसको लुक र क्वालिटी दुवै उत्कृष्ठ हुने दावी गरेका छन् । यस अघी युजर फ्रेण्ड्ली फिचरमा ध्याद दिएपनि अव भने लुक र क्वालिटीलाई ध्यान दिने गुगलको भनाइ छ ।

अघिल्लो वर्ष एण्ड्रोइड एललाई ‘एण्ड्रोइड ललीपप’ भन्दै सार्वजनिक गरेको गुगलले यस पटक यस्तो नाम भने दिएको छैन ।

Samsung Galaxy S6

यो अपरेटिङ सिष्टम अव तत्कालै गूगल नेक्सस 5, 6, र गूगल नेक्सस 9 मा उपलब्ध हुने छ ।

गुगलले एपल पेलाई लक्षित गरेर यो अपरेटिङ सिष्टम ल्याउन लागेको बताएको छ ।

यस्ता छन् नयाँ अपरेटिङ सिस्टम एन्ड्रोइड एम ६ को केही फिचरहरु यस्ता छन्।

फिंगरप्रिंट सेंसर सपोर्ट

एप्पलको झै आफ्नो अपरेटिङ सिस्टममा पनि गुगलले फिंगरप्रिंट टेक्नोलोजी प्रयोगमा ल्याएको छ। सामसुङ ग्यालेक्सी एस सीक्स, एचटीसी वन एम ९ मा यो फिचर पहिले देखिनै छ।

एन्ड्रोपड पे

एप्पल पे को नक्कल गरेपनि एन्ड्रोइड पेमा केही नयाँ भने पक्का छ। एन्ड्रोइड पेको मद्धतले मोबाइलबाट पेमेन्ट गर्न सकिन्छ।

रिवर्सिबल युएसबी सी पोर्ट

एप्पल म्याकबुकमा युएसवी सी पोर्ट आएपछि गुगलले एन्ड्रोइड एममा पनि यो फिचर ल्याएको छ। यो पोर्ट मा अधिकांस केवल जोड्न सकिने हुन्छ। दुवै तर्फको पोर्ट एक जस्तो हुने यो सजिलो गरि काम गर्नको लागि उपयोगी हुनेछ।