३२ जेठ, सोल।

दक्षिण कोरिया पठाइएका मेसिन रिडेवल पासपोर्ट ९एमआरपी०मा त्रुटी भेटिने क्रम अझै बढेको छ ।

nepalimrp passport

सोलस्थित नेपाली दूतावासमार्फत रुपान्तरणका लागि पठाइएका राहदानीमा तस्वीर, उमेर, नाता सम्बन्ध, हस्ताक्षर, जन्मस्थानलगायतका थुप्रै ‘प्रिन्टिङ एरर’ छन्। दूतावासमार्फत करिब १ वर्षअघि आवेदन बुझाई रुपान्तरणका लािग नेपाल पठाइएको राहदानी २ पटकसम्म गल्ती भएर आएको छ। त्यस्ता राहदानी सच्याउन पुनः पठाइएको छ। एक वर्षसम्म पनि राहदानी हात नपरेपछि धेरै युवा अलपत्रमा परेका छन्

पर्वत थानापाठा ४ का प्रकाश पौडेल र नागी १ भोजपुरका सपराज राईका राहदानी २ पटकसम्म गल्ती भएर आएका छन्। ‘साह्रै लाजमर्दो भो,’ पौडेल भन्दै थिए, ‘म एक वर्षदेखि राहदानीविहीन छु, पुरानो पासपोर्ट पनि छैन। अब भिसा लगाउने समय आउनै लाग्यो, तर राहदानी पत्तो छैन।’ पहिलो पटक २०१४ अक्टोबर १४ मा उनको राहदानी आएको थियो। त्यतिबेला नम्बर गल्ती परेपछि सच्याउन पठाइएको राहदानी पुनः गल्ती दोहोरिएर आएछ। ‘दूतावासमा सम्पर्क गर्दा पुनः सच्याउन पठाएका छौं भन्छन् तर भिसा सकिन लाग्यो। राहदानी हात परेको छैन,’ उनले भने। आजको कारोबार दैनिकमा खबर छपिएको छ ।