११ चैत, काठमाडौं ।

आजदेखि नेकपा एमालेका नेता कार्यकर्ताले एनसेलको सिमकार्ड वहिस्कार गर्ने भएका छन् ।

एनसेलले सरकारलाई कर नतिरेको भन्दै एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको आब्हानमा एमालेका कुनै पनि नेता कार्यकर्ताले आजैदेखि एनसेलको सिम नबोक्ने भएका हुन् ।

अनेरास्ववियुले आजदेखि कर तिर्नका लागि दबाब दिउँ, एनसेल प्रयोग नगरौ भन्ने अभियान थालेको हो ।

अनेरास्वयिुका प्रवक्ता आर सी लामिछानेले कुनै पनि नेता कार्यकर्ताले एनसेल प्रयोग नगर्ने र जनतालाई पनि प्रयोग नगर्न अपिल गर्ने जानकारी दिए ।