१७ असोज, काठमाडौं ।
नेकपा एमालेले भावि प्रधानमन्त्रीको रुपमा पार्टी अध्यक्ष एवं संसदीय दलका नेता के पी ओलीलाई प्रधानमन्त्रीको रुपमा अघि सार्ने निर्णय गरेको छ ।

टाइम्स अफ इण्डिया भन्छ- नेपालका तीन ठूलादल ‘भारतविरुद्ध एक’

सिंहदरवारमा बसेको एमाले स्थायी कमिटि बैठकले ओलीलाई भावि प्रधानमन्त्रीको रुपमा अघि सार्दै निर्वाचित गराउन हदैसम्मको पहल गर्ने निर्णय गरेको उपाध्यक्ष भिम रावलले जानकारी दिए ।

CPN UML new party office (20)

राष्ट्रपतिबाट सहमतीका आधारमा प्रधानमन्त्री चयन गर्नका लागि आब्हान भइसकेको छ र २२ गते समय सकिदैछ । तर ओली प्रधानमन्त्री हुने सम्भावना कठिन बन्दै गएपछि स्थाई कमिटि बैठकले औपचारिक निर्णय गर्दै ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको हो ।

एमाले नेताको प्रतिक्रियाः भारतबाट ओलीलाई असहज रहेको संकेत

उपाध्यक्ष रावलले भने विगतमा सुशील कोइराला प्रधानमन्त्री हुँदा सत्तासहयात्री दल कांग्रेससँग भएको ७ बुँदे सहमती र प्रमुख चार दलबीच भएको १६ बुँदे सहमतीका आधारमा ओलीलाई प्रधानमन्त्री बनाउन पहल गर्ने निर्णय गरेका हो ।

यससैबीच नेपाली कांग्रेसले भने सहमतिको सरकार गठनका लागि अधिकताम प्रयास गर्ने निर्णय गरेको छ । बिहान बसेको पदाधिकारीको बैठकले साझा उम्मेदवार तयार पारेर जान प्रमुख तीन दलको बैठकमा छलफल गर्ने निर्णय गरेको नेताहरुले बताएका छन् ।