२३ पुस, बर्दिबास ।

नेपाली कांग्रेसका युवा नेता गगन थापाले संविधान कार्यान्वयन गर्न मधेशको मागलाई सरकारले सम्मानपुर्वक संविधान संसोधन गरेर पुरा गर्नु पर्ने बताएका छन ।

महोत्तरीको बर्दिबासमा पत्रकारहरुसंग कुराकानी गर्दै नेता थापाले प्रधामन्त्री केपी शर्मा ओलीको सरकारले मधेसको समस्या समाधान गर्न नसक्ने दाबी गरे । उनले नेपाली कांग्रेसले नै देशको समस्या समाधान गरिने बताए ।

Gagan-Thapa

नेता थापाले मधेसी मोर्चाले उठाएको समावेशी समानुपातिकको माग मधेसको मात्र नभई सम्पूर्ण नेपाली जनताको माग भएकाले आफूहरुले संविधान संशोधनको प्रस्तावमा राखेको बताएका छन् ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका थापाले प्रधानमन्त्रि केपी शर्मा ओलीले काठमाण्डौबाट चश्मा लगाएर हेरेको तराई मधेश र राजेन्द्र महतोले मधेशबाट चश्मा लगाएर हरेको काठमाण्डौं यी दुई अतिवादका बीच नेपाल फसेको बताए ।

गगन थापाले एमालेसँग सरकारमा जाँदाको बाध्यताले काँग्रेसले केही गल्ती गरेको बताउँदै काँग्रेसले त्यो गल्ती सच्याएर अघि बढेको दावी समेत गरे ।

ओली र महतो दुवै नश्लवादी- गगन थापा
गगन थापाहरुले पत्रकार सम्मेलन गरेर भने- काठमाडौंमा प्रदर्शन हुन्छ