२८ चैत काठमाडौं । नेकपा एमालेले स्थानीय चुनावमा उम्मेद्वारको टिकट दिने जिम्मेबारी बाँडफाँड गरेको छ । आज पार्टी मुख्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटीको बैठकले टिकट दिने जिम्मेबारी तोकेको हो ।

कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार गाँउपालिकाका प्रमुख, उपप्रमुख, नगरपालिका तथा उपमहानगरपालिकाका वडा अध्यक्ष र सदस्यहरु, महनगरपालिकाका वडा अध्यक्ष र सदस्यका उम्मेद्धारको टिकटमा हस्ताक्षर गर्ने जिम्मा सम्बन्धित प्रदेश प्रमुखलाई दिईएको हो ।

जसअनुसार एक नम्बर प्रदेशमा भीम आचार्य, दुई नम्बर प्रदेशमा सत्यनारायण मण्डल, तीन नम्बर प्रदेशमा अष्टलक्ष्मी शाक्य, चार नम्बर प्रदेशमा किरण गुरुड, पाँच नम्बर प्रदेशमा विष्णु पौडेल, ६ नम्बरमा युवराज ज्ञवाली र ७ नम्बर प्रदेशमा भीम रावलले उम्मेद्धारको टिकटमा हस्ताक्षर गर्नेछन् ।

नगरपालिका, महानगर र उप—महानगरपालिकाको मेयर र उपमेयरको टिकटमा भने अध्यक्ष केपी शर्मा ओली स्वयमले हस्ताक्षर गर्ने निर्णय भएको श्रेष्ठले जानकारी दिए ।