१२ बैशाख, काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचन सुनिश्चितताको माग गर्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराउने भएको छ ।

आज बसेको पार्टी स्थायी कमिटी बैठकले पार्टीको उच्चस्तरीय प्रतिनिधि मण्डलले आयोगको ध्यानाकर्षण गारउने निर्णय गरेको हो ।

पार्टीका उच्च तहका नेताहरु आजै निर्वाचन आयोग जाने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए । एमालेले एकै चरणमा बैशाख ३१ गते चुनाव गर्नुपर्ने, बजेट पेश गरेलगत्तै चुनाव गर्न नहुने, आचारसंहिता उल्लंघन लगायतका विषयमा निर्वाचन आयोगको ध्यानाकर्षण गराउन लागेको हो ।

आयोगले भने दुई चरणमा चुनाव गर्ने भन्दै जेठ ३१ गते दोस्रो चरणको निर्वाचन तालिका पनि सार्वजनिक गरिसकेको छ । हिजो पत्रकार सम्मेलनका क्रममा प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले चुनाव अघि बजेट ल्याउन आचारसंहिताले नरोक्ने बताएका थिए