१८ साउन, काठमााडौं ।

नेकपा एमालेले स्थानीय तहको निर्वाचनअन्तर्गत प्रदेश नं. सातको जिल्ला समन्वय परिषद्का लागि प्रमुख र उपप्रमुखको उम्मेदवारी टुंगो लगाएको छ ।

एमाले अध्यक्ष केपी ओली निबास बालकोटमा आज बसेको स्थायी कमिटि बैठकले पार्टी जिल्ला कमिटी र प्रदेश संगठन कमिटीको सिफारिस तथा रायसुझावको आधारमा सात नं. प्रदेशका कञ्चनपुर, कैलाली, डोटी लगाएतमा जिल्ला समन्वय परिषद्का प्रमुख तथा उपप्रमुखको उम्मेदवारी घोषणा गरेको एमाले नेता शंकर पोखरेलले जानकारी दिए ।

त्यस्तै बैठकले चितवनको भरतपुरमा एमाले उम्मेदवार देवी ज्ञवालीका छोरा निरव ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको घटनाको निन्दा गरेको छ ।

मतपत्र च्यातेपछि आफ्नो बेइज्जत हुनेगरी सामाजिक सञ्जालमा गाली बेइज्जती गरेको भन्दै माओवादी उम्मेदवार रेणु दाहालले दिएको उजुरीका आधारमा प्रहरीले निरवलाई काठमाडौंबाट पक्राउ गरेको थियो ।