१७ असोज, काठमाडौं ।

सुशील कोइरालाले राष्ट्रपतिलाई प्रधानमन्त्रीको चयन प्रक्रिया अघि बढाउन आग्रह गरेपछि नयाँ प्रधानमन्त्रीको खोजि शुरु भैसकेको छ । तर प्रधानमन्त्री खोजीको क्रमसँग नेपाली राजनीतिमा नयाँ बहस शुरु भएको छ ।

ओली प्रधानमन्त्री बन्ने प्रचण्डको खुलासा

देशको प्रधानमन्त्री बन्ने भनेर पहिलो नम्बरको उम्मेदवार मानिएका एमाले अध्यक्ष क‌ेपी ओलीलाई अवस्था सहज नहुने संकेतहरु बढ्दै गएका छन् । भारतप्रति रुखो रबैया अपनाएका ओलीले संविधान बन्नु अघि नै भारतमा आफ्ना विशेष दुत पठाएर वातावरण सकारात्मक बनाउने प्रयास गरेपनि त्यो अपेक्षित सफल नभएको उनका दुतले नेपाल आएर दिइरहेका अभिब्यक्तिले पुष्टी गर्छ ।

मोदीको इगो र धरापमा ओलीको सिंहदरवार यात्रा !

ओलीका दुत बनेर भारत पुगेर फर्केका एमाले सचिव प्रदीप ज्ञवालीले भारतले अघोषित नाकाबन्दी खोलेपनि नेपालीलाई दिएको घाउ बिर्सिन सजिलो नरहेको भन्दै भारतप्रति असन्तुष्टि पोखेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘अघोषित नाकाबन्दी त खुल्यो, तर भारतको यस व्यवहारले नेपाली मनमा पारेको गहिरो घाउ निको हुन र विश्वासको नाका खुल्न भने त्यति सजिलो छैन ।’

Pradeep gyawali

एमाले नेताहरुले अव केपी ओली प्रधानमन्त्री बन्न सक्नेमा अश्वस्त नरहेको संकेत गरिसकेका छन् । हालै मात्र सचिव शंकर पोखरेलले केपी ओलीलाई प्रधानमन्त्री बन्नबाट रोकिए एमाले प्रतिपक्षमा बस्नु पर्ने भन्दै स्टेटस लेखेका थिए ।

उनले ओलीलाई प्रधानमन्त्री बन्न भारतबाट रोक्न खोजिएको संकेत आफ्नो स्टेटसमा गरेका छन् ।

Shankar pokharel on OLi

जिम्मेवार पदमा रहेका एमाले नेताहरुको सामाजिक सञ्जालमा देखिएको अभिब्यक्तिले ओलीलाई प्रधानमन्त्री भारत र काँग्रेसबाट सहज नभएको स्पष्ट बुझ्न सकिन्छ ।