१४ कात्तिक, ललितपुर । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिमा एमाले मात्रै साहसी पार्टी भएको बताएका छन् । एमाले जिल्ला कमिटि ललितपुरले आयोजना गरेको शुभकामना आदानप्रदान र सूर्य त्रैमासिक बुलेटिन विमोचन समारोहमा बोल्दै ओलीले सबै साहसिक कामहरुको अगुवाई र नेतृत्व एमालेले गरेको बताए ।

फाइल तस्बिर

फाइल तस्बिर

लोकमानसिंह कार्कीको सन्दर्भमा ओलीले यस्तो दावी गरेका हुन् । राजनीतिक स्थायित्व, विकास र अग्रगतिका लागि एमाले आवश्यक छ भन्ने कुरा विगतका कामले पनि देखाईसकिएको बताउँदै अध्यक्ष ओलीले लोकमान प्रकरणबाट एमाले साहसी दल भएको पुनर्पुष्टि भएको बताए ।

एमाले जिल्ला कमिटि ललितपुरको वैचारिक मुखपत्र सूर्य त्रैमासिकको पनि सोही अवसरमा विमोचन गरिएको थियो । प्रचार विभागले त्रैमासिक बुलेटिनको रुपमा सूर्य प्रकाशनको सुरु गरेको हो ।

मदन भण्डारी स्मृति भवन निर्माणका लागि सहयोग गर्ने चन्दादाताहरुलाई समेत सम्मान गर्दै अध्यक्ष ओलीले लामो समय भ्रममा नेपाली जनता रहन नसक्ने ठोकुवा गरे । उनले अरुले जनतालाई भ्रम दिने गरेको बताउँदै एमालेले मात्र सह भन्ने गरेको दावी गरे ।