२० फागुन, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आन्दोलन हिंश्रक बन्दै गएको छ ।

आज दिउँसो एमाले सांसद रन्जु कुमारी झा माथि गृहजिल्ला सप्तरीमा आक्रमणको प्रयास भएको हो । उनी सवार गाडीमा मधेसी मोर्चा आवद्ध युवाहरुले ढुंगा प्रहार गरेका थिए ।

सांसद झा गाडीमा राजविराजको मदननगरमा रहेको पार्टी कार्यालयतर्फ जाँदै गर्दा मोर्चाका युवाहरुले ढुंगामुढा गरेका हुन् । उनले ढुंगामुढाका बाबजुद आफू सुरक्षित रहेको बताइन् ।

एमाले नेताहरु मेची काली अभियानका साथ तराइ मधेशका जिल्लामा गइरहँदा मोर्चाका कार्यकर्ताले उनीहरुलाई लक्षित गरी आक्रमणको प्रयास गरिरहेका छन् ।