१३ बैशाख, काठमाडौं । नेकपा एमालेले स्थायी कमिटीको बैठक अनिश्चितकालका लागि स्थगित गरेको छ ।

स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगरपाकिलाका मेयर र उपमेयरको उमेद्बार सिफारिस र निर्वाचन घोषणा पत्रबारे छलफल गर्नुपर्ने बैठक स्थगित भएको हो ।

विहान ११ बजेका लागि बोलाइएको बैठक दलहरुबीच छलफल चलिरहेकाले दिउँसो ३ बजेलाई सारिएको थियो ।

३ बजे पनि संसद बैठक बस्ने भएपछि अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।