२२ भदौ, एजेन्सी ।

भारतको राजधानी नयाँ दिल्लीस्थित सबैभन्दा ठूलो विमानस्थल इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्न लाग्दा एक विमानको चक्कामा आगो लागेपछि यात्रुहरु घाइते भएका छन् ।

विमान अवतरण गर्ने समयमा एक्कासी चक्कामा आगो लागेपछि एयर इण्डियाको विमानले आपतकालीन अवतरण गरेको बताइएको छ ।

विमानमा रहेका कतिपय यात्रु घाइते भएपनि हताहती नभएको समाचारमा जनाइएको छ । विमानमा १५९ यात्रु सवार थिए । विमानमा रहेका यात्रुहरुलाई सकुशल बाहिर निकालिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।