३ फागुन, काठमाडौं । नेपाली क्रिकेटर सन्दिप लामिछाने एशिया–११ को टिममा परेका छन् । विश्व–११ विरुद्धको टि ट्वेन्टी श्रृंखलाका लागि बनाइएको एशिया ११ को टिममा नेपाली लेग स्पिनर सन्दिप अटाएका हुन् ।

टिममा बिराट कोहली, केएल राहुल, शिखर धवन, तमिम इकवाल, लिटन दास, रिसब पन्त, मुसाफिकर रहिम, थिसरा परेरा, रसिद खान, मुस्ताफिजुर रेहमान, सन्दिप लामिछाने, लासिथ मालिंगा, मोहम्मद सामी, कूलदीप यादव र मुजीब रहमान रहेका छन् । टिमको कप्तानी कोहली वा राहुलमध्ये एकले गर्ने चर्चा छ ।

बंगलादेशमा हुने दुई खेलको श्रृंखला मार्च १८ र २१ तारिखमा हुनेछ ।