३ चैत, महेन्द्रनगर ।

नेकपा एमालेले भारतीय सिमा सुरक्षा बल एसएसबीको गोली लागि निधन भएका कञ्चनपुर पुनर्वासका गोविन्द गौतमको परिवारलाई पाँच लाख रुपैयाँ दिने भएको छ ।

एमालेको मेची महाकाली अभियानका क्रममा महेन्द्रनगरमा आज भएको कार्यक्रममा पार्टी अध्यक्ष के पी ओलीले यस्तो घोषणा गरे । अध्यक्ष ओलीले पाँच लाखको चेक र गौतमको बच्चालाई दुईवटा ल्यापटप पनि दिने घोषणा गरेका छन् ।

पाँच लाखको चेक र ल्यापटप एमाले कञ्चनपुरका जिल्ला अध्यक्ष तारा लामालाई मार्फत सहित गौतको परिवारलाई प्रदान गर्ने एमालेले जनाएको छ ।

गत बिहीबार भएको झडपमा भारतीय एसएसबीले हानेको गोली लागेर गौतमको मृत्यु भएको थियो । उनलाई सरकारले शहीद घोषणा गरिसकेको छ ।