११ भदौ, काठमाडौं ।

१९ वर्षमुनीको एसीसी प्रिमियर लीग क्रिकेटमा नेपालले युएइमाथि शानदार जित हासिल गरेको छ । नेपालले दिएको २०० रनको लक्ष्य पच्छ्याएको युएइले २० दशमलव ५ ओभरमा सबै विकेट गुमाएर केवल ५० रन मात्र बनाउन सक्यो ।

मलेसियाको क्वालालम्पुरमा रहेको वायुमास ओभल क्रिकेट मैदानमा आफ्नो पहिलो खेलमा टस जितेर व्याटिङ्ग गरेको नेपाल ४ बल बाँकी छँदै अल आउट हुँदै एक सय ९९ रन बनाएको थियो । नेपालको निक्कै धर्मराएको ब्याटिङलाई कम्तान राजु रिजालले उकासेका थिए।

U-19 cricket team

८४ बलको सामना गरेका रिजालले ६ चौका र एक छक्काको मद्धतमा ६२ रन बनाएर क्याच आउट भए । ओपनर सुनील धमला एक रनमा गुमाएको नेपालका लागि सुलभ खनालले २४, आरिफ शेख २२, दिपेन्द्र ऐरीले २०, सन्दीप सुनार १८ रन बनाए भने राजवीर सिंह ५, योगेन्द्र सिंह कार्की २ र सुशील कडेल ६ रनमा आउट भए भने दिपेश श्रेष्ठ १२ रनमा नटआउट रहे ।

प्रतियोगितामा नेपालले अफगानस्तान, कुवेत, मलेशिया र साउदी अरेबियासंग पनि प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताका तीन शिर्षटोली १९ वर्षमुनीको एशियाकप क्रिकेटका लागि छनोट हुनेछन् ।