११ बैशाख, काठमाडौं ।

प्रधानमन्त्री सुशील कोइराला एशियाली–अफिकी (बाङ्गडुङ्ग) सम्मेलनको हिरक महोत्सवको अवसरमा आयोजित सम्मेलनमा सहभागी हुन इण्डोनेसियाको राजधानी जाकर्ताबाट विशेष विमानद्वारा आज बिहान पश्चिमी जाभा अवस्थित बाङ्गडुङ्ग पुगेका छन् ।


AACC 2015, Bandung - Presiden Joko Widodo bersama Presiden Republik Rakyat Tiongkok Xi Jinping serta sejumlah Kepala Negara mengikuti 'Historical Walk' dalam rangkaian Peringatan ke-60 tahun Konferensi Asia Afrika 2015, di Jalan Asia Afrika, Bandung Jumat

एशियाली र अफ्रिकी मुलुकहरुको ऐतिहासिक सम्मेलनलको स्मरण गर्दै आयोजक राष्ट्र इण्डोनेशियाले आयोजना गरेको ऐतिहासिक पदयात्रामा पनि प्रधानमन्त्री कोइराला सरिक भएका हुन् ।

यो ऐतिहासिक पदयात्रा स्थानीय सभोय होटलबाट जलन एशिया अफ्रिका हुँदै सम्मेलनस्थल गेदुङ्ग मर्डेकासम्म तय गरिएको थियो । प्रधानमन्त्री सम्मेलनमा सहभागी हुन आएका राष्ट्र प्रमुख र सरकार प्रमुखहरु संगको फोटो शत्रमा सरिक हुने कार्यक्रम छ ।

सन १९५५ मा बाङ्गडुङ्गमा सम्पन्न ऐतिहासिक एशियाली अफ्रिकी सम्मेलनको स्मरणमा गरिएको सो सम्मेलनको ६० औं बार्षिकोत्सव सम्मेलनमा प्रधानमन्त्री कोइराला सहभागी हुने कार्यक्रम छ ।

सम्मेलनलाई गणतन्त्र इण्डोनेशियाका राष्ट्रपति जोको विडोडोले सम्बोधन गर्नेछन् । सम्मेलनमा क्षेत्रीय प्रतिनिधिहरु, पर्यवेक्षक राष्ट्र र संस्थाका प्रतिनिधिहरुले संबोधन गर्ने कार्यक्रम रहेको छ ।

AACC 2015, Bandung - Presiden Joko Widodo dan Ibu Negara Iriana Widodo bersama para pemimpin negara Asia dan Afrika berjalan bersama dalam "Historical Walk" dalam peringatan ke-60 tahun Konferensi Asia Afrika di Jalan Asia Afrika, Bandung, Jumat (24/4). AA

सम्मेलनको अन्तमा ऐतिहासिक बाङ्गडुङ्ग सम्मेलनको सन्देशको मर्म पुनस्मरण गराउन हस्ताक्षर समारोह पनि हुनेछ ।

प्रधानमन्त्री कोइराला आज वाङ्गडुङ्गको गेदुङ्ग पकवानमा इण्डोनेशियाका राष्ट्रपति जोको विडोडो र पश्चिमी जाभाका गभर्नरले आयोजना गर्नुहुने दिवा भोजमा सरिक हुनेछन् ।

प्रधानमन्त्री कोइराला आजै अपरान्ह विशेष विमानद्वारा बाङ्गडुङ्गबाट जाकर्ता फर्कने कार्यक्रम रहेको छ ।