एजेन्सी । अमेरिकी संसदले सेप्टेम्बर ११ घटना सम्बन्धि विवादास्पद विधेयकमा राष्ट्रपति बाराक ओबामाले प्रयोग गरेको भिटो खारेज गरिदिएको छ ।

Obama

माथिल्लो सदन सिनेटमा भिटोको पक्षमा १ र विपक्षमा ९७ मत परेको थियो भने तल्लो सदन प्रतिनिधीसभामा पक्षमा ७७ र विपक्षमा ३ सय ४८ मत परेको थियो । राष्ट्रपति ओबामाको शासनकालमा भिटोलाई संसदले खारेज गरिदिएको यो पहिलो पल्ट भएको बिबिसीले जनाएको छ । सेप्टेम्बर ११ घटनाका पीडित परिवारले साउदी अधिकारी विरुद्ध मुद्धा दायर गर्न सक्ने अधिकार सहितको विधेयकमाथि राष्ट्रपति ओबामाले भिटो प्रयोग गरेका थिए ।

पाकिस्तानको चेतावनी- शान्तिको चाहानालाई कमजोरी नठान !

भिटो संसदले खारेज गरिदिएपछि राष्ट्रपति ओबामाले संसदले खतरनाक नजिर स्थापना गरेको प्रतिक्रिया दिएको सिएनएनले जनाएको छ । ओबामाले यो विधयेकले साउदी अरब संगको सम्बन्धमा असर गर्ने र पारस्परिक कानून अनुसार अरु देशमा अमेरिकी कम्पनी, सुरक्षा फौज र अधिकारीहरुले पनि कानूनी कारवाहीको सामना गर्नुपर्ने भन्दै विरोध जनाएका छन् ।

us

आतंकवादलाई प्रश्रय दिने विरुद्धको न्याय सम्बन्धि विधयेकमा अरु देशलाई अमेरिकी कानून अनुसार मुद्धा नचल्ने गरी बनेको पुरानो कानूनमा संसोधन गरी सेप्टेम्बर ११ घटनामा शंकास्पदसाउदी अधिकारी विरुद्ध पीडित परिवारले मुद्धा हाल्न सक्ने अधिकार प्रदान गरिएको छ ।