३१ वैशाख, एजेन्सी।

अमेरिकामा डोनाल्ड ट्रम्पका एक पूर्व सहयोगीले राष्ट्रपति बाराक ओबामालाई उनको पहिलो कार्यकालमा नै हत्या गर्नुपर्ने थियो भन्दै फेसबुक स्टाटस लेखेका छन्। यो संगै अमेरिकी गुप्तचर संस्थाले यो मुद्धामा जाँच सुरु गरेको छ।

ट्रम्पका सहयोगी रहेका एन्थोनी सेनेकलले फेसबुक स्टाटसमा, ‘हाम्रो सेनाले ओबामालाई पहिलो कार्यकालमै उनलाई दुश्मन मानी बाहिर लगि गोली हान्नु पर्ने’ लेखेका छन्।

तस्बिर: एन्थोनीको फेसबुकबाट, ट्रम्प र एन्थोनी

तस्बिर: एन्थोनीको फेसबुकबाट, ट्रम्प र एन्थोनी

राष्ट्रपति पदको लागि रिपब्लिकन पार्टीबाट सम्भावित उम्मेदवार ट्रम्पको लागि सेनेकलले करिब ३० वर्ष काम गरेका थिए।

ट्रम्प सेनेकलको यस्तो बयानबाट भने तुरुन्त पर हटेका छन्। ट्रम्पको चुनावी अभियानका प्रवक्ता होप हिक्सले एक बयानमा भने, ‘उनी ट्रम्पको लागि अहिले काम गर्दैनन्, उनी सन् २००९ देखि ट्रम्पको कर्मचारी छैनन। हामी सेनेकलको यस्तो भयानक बयानको कडा निन्दा गर्छौँ।’

फेसबुक साथीले मात्रा हेर्नमिल्ने गरि एन्थोनीले पोस्ट गरेको स्टाटस

फेसबुक साथीले मात्रा हेर्नमिल्ने गरि एन्थोनीले पोस्ट गरेको स्टाटस

सबैभन्दा पहिले मदर्स जोन्स पत्रिकाले सेनेकलको यो फेसबुक पोस्टको बारेमा लेखेको थियो। पछि कयौं समाचार एजेन्सीले पनि लेखेपछि यो पोस्टको सत्यता पुष्टि भएको थियो।

८४ वर्षका सेनेकलले बिहिबार सिएनएनसंग, ‘ओबामालाई व्हाइट हाउसको बाहिर झुण्ड्याउनु पर्छ’ भनि बयान समेत दिएका छन्। सेनेकलले व्हाइट हाउसलाई ‘सेतो मस्जिद’ समेत भने।

मार्चमा न्युयोर्क टाइम्सले लेखेको थियो कि सन् २००९ मा अवकास पश्चात सेनेकल फ्लोरिडामा ट्रम्पको मार‍-ए-लागो स्टेटमा बसेका छन्।