२७ साउन, एजेन्सी।

अमेरिकी राष्ट्रपति पदका रिपब्लिक उम्मेदवार डोनाल्ड ट्रम्पले डेमोक्र्याटिक पार्टी सहित प्रतिस्पर्धी डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनमाथि हमला जारी राखेका छन्।donald trump speak

पछिल्लो समयमा अत्यन्त खरो टिप्पणी गर्दै आएका ट्रम्पले आतंकवादी संगठन इस्लामिक स्टेटको संस्थापक स्वयमं अमेरिकी बहालवाल राष्ट्रपति बाराक ओबामा भएको संगिन आरोप लगाएका छन्।

ट्रम्म यतिमै मात्रै पनि रोकएनन्। उनले डेम्रोक्याटीक पार्टीकी राष्ट्रपति उम्मेदवार हिलारी क्लिन्टनलाई इस्लामिक स्टेटकी सहसंस्थापक भने।

ट्रम्पले २४ घण्टा अगाडी मात्रै हिलारी क्लिन्टनलाई गोली हान्ने सुझाव आफ्ना समर्थकमाझ फैलाएका थिए। उनले ‘मिस हिलारीलाई गोली हाने’ गन कन्ट्रोल गर्ने हिलारीको प्रयार रोक्न सकिने भन्दै निकै क्रुर अभिव्यक्ति समेत दिएका हुन।

ट्रम्पले पहिलै देखि राष्ट्रपति ओबामालाई मुस्लिम भएको संकेत गर्दै आएका छन्। ओबामा क्रिस्चियन नभइ मुस्लिम रहेको प्रत्येक अमेरिकीलाई थाहा भएको उनले बताउने गरेका हुन।

आइएस करिब एक दशक अघिबाट सुरु भएको हो, यसको सम्बन्ध अल-कायदासंग जोडिन्छ। सन् २००६ मा, इराकमा एक विद्रोही सैन्य समुह इस्लामिक स्टेट अफ इराक (ISI) बनाउन सामेल भएका थिए।

सन् २०१० मा सिरियामा गृह युद्ध भट्केपछि यो विद्रोही समुह इस्लामिक स्टेट इन इराक एण्ड सिरिया (ISIS) नामले चिनिएको हो।