२३ पुस, एजेन्सी।

शुक्रबार बिहान ६६ बर्षको उमेर भारतीय अभिनेता ओम पुरीको निधन भएको छ । एक सयबढी हिन्दी र २० हलिउड तथा पाकिस्तानी फिल्ममा अभिनय गरेका ओम पुरीको शव नांगो अवस्थामा उनकै फ्ल्याटको किचन नजिक रहस्यमय तरिकाले भेटिएको थियो ।om-puri-123774911

पोस्टमार्टमको रिपोर्टअनुसार, पुरीको टाउकोको माथिल्लो भगमा डेढ इन्च गहिरो खाल्डो रहेको भेटिएको छ । ओम पुरीको शुक्रबार बेलुका अन्तेष्टी गरिएको छ।

विहिबार राति श्रीमती नन्दितासँग निकै वादविवाद भएको पनि बताइएको छ । नन्दिता छोरा ईशानसँग अलग बस्दै आएकी छिन् ।

मृत्युको अघिल्लो दिन -विहिबार बेलुका तिर फिल्मको सुटिङ सकाएर ओम पुरी फिल्म निर्माता खालिद किदवईसँग थिए । खालिदका अनुसार छोरा ईशानलाई भेट्न पत्नि नन्दिताको घर गएको र नन्दितासँग निकै बेर विवाद गरेका थिए । छोरो घरमा नभएकाले पुरीले छोरालाई फोन गरे, तर ईशान अन्तै व्यस्त रहेकाले घर बाहिर गाडीमा कुरिरहे । यसबीच पुरीले नशामा अर्को एक जना अभिनेताको घर गएका थिए । त्यहाँबाट निस्कदा पुरी निकै भावुक देखिएको भारतीय मिडियाले छापेका छन्।om-puri-11565311

पोस्टमार्टम रिपोर्टमा के देखियो ? – स्रोतअनुसार, पुरीको टाउकोको माथिल्लो भागमा डेढ इन्च गहिरो खाल्डो रहेको र धेरै ठाउँमा रगत जमिएको पोष्टमार्ट रिपोर्टमा देखिएको छ । किचन नजिकको ठाउँ जहाँ पुरी नांगो लडिरहेको थिए अस्तव्यस्त भेटिएको थियो।

प्रहरीको भनाई – पुरी बसेको घरको भिजिटिङ रजिस्टर र सीसीटीवी नियन्त्रणमा लिएका छौ । अन्तिम २४ घण्टामा जो–जोसँग मिले सबैसँग सोधपुछ गरिने छ । सबैभन्दा पहिला पत्नि नन्दिता, छोरा ईशान र अभिनेता मनोज पाहवालाई सोधपुछ गरिनेछ ।

खालिद र ड्राइभरमाथि पत्निको आरोप – स्रोतअनुसार, नन्दिताले पुरीको मृत्युको जिम्मेवार खालिद र उनका ड्राइभर मिश्रालाई लगाएकी छिन् । प्रहरीले खालिदसँग शुक्रबार नै करिब २ घण्टा सोधपुछ गरेको छ । ड्राइभरसँग सोधपुछ गर्न बाँकी छ ।

ओ पुरीको निजी जीवन तथा फिल्म यात्रा – सन् १९५० अक्टोबर १८ मा ओम पुरीको जन्म भएको थियो । बलिउड, हलिउड र पाकिस्तानी गरी तीन सयबढी फिल्ममा अभिनय गरेका छन् । पुरीले १९८२ मा ‘आरोहण’ र १९८४ मा ‘अर्ध सत्य’ फिल्मका लागि उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए । त्यस्तै ओम पुरीले दुई पटक विवाह गरे, दुवै वैवाहिक संम्बन्ध असफ रहे ।

प्रधानमन्त्रीको शोक व्यक्ति – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुरीको निधनमा शोक व्यक्ति गरेका छन् । ट्विटरमार्फत् मोदी तथा अन्य धेरै बलिउडका हस्तिले शोक व्यक्त गरेका छन् ।