२५ पुस, काठमाडौं ।

नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन बैद्यले प्रधानमन्त्री केपी शर्मा ओली जनजीविकाका समस्या हल गर्नुको सट्टा ख्याल ठट्टा गर्ने बानीले नेपालकै बेइज्जत भएको बताएका छन् । उनले जनताको घरमा चुल्हो निभेका बेला हावाबाट बिजुली निकाल्छु र घरघरमा ग्यासको पाइप पुर्याइदिन्छु भन्ने हावादारी गफले नेपालकै बेइज्जत भएको बताएका हुन् ।

Mohan-Baidya

फाइल तस्बिर

शनिबार संवाद डबलीमा आयाजित कार्यक्रमा उनले भारतको नाकाबन्दले जनजीवन चौपट भइरहेको बेला प्रधानमन्त्री ओली ठट्टामा व्यस्त रहेका बताए । वैद्यले भने,‘जनजीविका चौपट भइरहेको बेला पनि प्रधानमन्त्री ठट्टामा व्यस्त हुनु चिन्ताजनक हो ।’

कार्यक्रममा कविहरुले देश संचालन गर्ने सिंहदरवारलाई यो देशकै सबैभन्दा ठूलो मूर्दाघर भन्नु सामयिक विम्ब भएको बताएका छन् ।

कार्यक्रममा कवि स्नेह सायमी, जगदीशचन्द्र भण्डारी, मित्रलाल पंज्ञानी, रामप्रसाद ज्ञवाली, लक्ष्मी माली, हिरामणी दुःखी, अनिल श्रेष्ठ, राजबहादुर कुँवर, स्वप्निल स्मृति, संगीत स्रोता, मुक्तान थेवा, राजु स्याङ्ताङ, कुशल बोगटी, आरसी न्यौपाने, केशव सिलवाल, गौरी दाहाललगायतका कविहरुले कविता बाचन गरेका थिए । २०२७ सालमा भएको भारतीय नाकाबन्दीको सन्दर्भमा लेखिएको धम्की न दे भारत भन्ने कविता विशेष प्रस्तुतीमा रहेको थियो।

यो पनि पढ्नुस्।
१० घण्टा पम्पको गेट कुर्दा बल्ल थाहाभयो, पेट्रोल कसरी बाडिदोरहेछ
प्रधानमन्त्री ओलीका सम्भावित डायलग
देशमा देखिएको गतिरोध छिट्टै अत्यहुने प्रचण्डको उद्घोष
ओलीलाई यसरी उडाइँदैछ सामाजिक सञ्जालमा
निन्द्रा लाग्दैन? ६० सेकेण्डमै निदाउन यस्तो गर्नुहोस्