३० भदौ, बारा । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले देश बनाउने उद्वेश्य एमालेसंग मात्र भएकोले एमालेमा मतदान गर्न सबैसंग आग्रह गरेका छन् ।

ओलीले एमालेको पक्षमा मतदान गरेर आफ्नो नगर, गाउँ र वडालाई समृद्ध बनाउने अभियानमा सहभागी हुन आग्रह गरे ।

बाराको सिमरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अरु पार्टीहरुले झुठको खेती गर्दै हिडेको तर एमालेले देश बनाउने उद्वेश्य लिएर अगाडी बढेकोले एमालेलाई विजयी बनाउन आग्रह गरेका हुन् ।

प्राकृतीक श्रोतको धनि नेपाललाई जात, भाषा र धर्मको नाममा गरीब बनाईएको बताउदै उनले जलश्रोत, फलाम, तामा र युरेनियमको खानिले भरीएको देशलाई झुटको खेती गरेर गरीब बनाउने काम अन्य दलले गरेको आरोप समेत लगाए । एमालेलाई मधेस बिरोधी भनेर प्रचार गर्नेले मधेसका लागि केही पनि काम नगरेको भन्दै ओलीले भ्रमको खेती गरेर राजनीति गर्नुको कुनै अर्थ नरहेको बताए ।

जनतालाई झुक्याएर राजनिति गर्ने पक्षमा एमाले नरहेको भन्दै नेता ओलीले काम गरेर जनतालाई खुशी राख्नेतर्फ एमाले केन्द्रित हुने बताए ।

आफूलाई मधेश बिरोधी भएको भ्रम फैलाउदै हिड्नेहरुलाई मधेसको लागि गरेका एउटा पनि काम देखाउन प्रश्न गर्दै ओलीले नेपालमा रहेका राष्ट्रिय गौरवका आयोजनाहरुको काम एमालेको सरकारकै पालामा शुरु भएको बताए ।

अध्यक्ष ओलीले बारामा निर्माण हुन लागेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको टांगीया बस्तिको उचित ब्यवस्थापनको जिम्मा समेत एमालेले लिने दबी गर्दै एमालेको सरकार भएको बेला २० हजार गरीबका लागि घर बनाएर दिने याोजना समेत अहिलेको सरकारले लागु गर्न नसकेको बताए ।