२२ असार, काठमाडौं।
सत्ता परिवर्तनका श्रंखला जोडिँदै गरेको बेला प्रधानमन्त्री केपी ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर ‘जे गर्नुपर्ने हो, छिट्टै गर्न’ बाटो खुल्ला गरिदिएका छन् ।

अस्ति सोमबारको भेटमा उनले भनेका थिए, ‘तपाईमा बारम्बार अस्थिरता देखा पर्ने गरेको छ । अहिले फेरी यो प्रकट भयो । प्रत्येक पार्टी आफ्नो निर्णय गर्न स्वतन्त्र छन् । माओवादीले के गर्दा वेश हुन्छ एमालेले भन्ने कुरा आएन । ठ्याक्कै के गर्न लागेको हो बेलैमा पोजिशन क्लियर गर्नुस् ।’

ओलीले दुवै छिमेकीसँग सम्बन्ध सुधार भैरहेको बेला सत्ता फेरिने हल्लाले अस्थिरता निम्त्याउन चाहनेहरुको हौलिा बढ्ने बताउँदै यो पनि भने, ‘एमाले भारी भएर अर्को भारी बोक्न खोज्नुभएको हो कि ?’

नौ बुँदेको कुरा गर्दा कांग्रेससँग हामीले मिलेर गरेको १६ बुँदेलाई किन बिर्सनुहुन्छ ? सहमति तोडेर सहयात्राबाट भागेको कांग्रेसलाई लौ खाऊ भनेर सत्ता सुम्पन्न जाने कुरा आएन । आजको जनआस्था साप्ताहिकमा खबर छ ।