१७ असोज, काठमाडौं ।

नेपाली कांग्रेसको आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पदाधिकारी बैठक बसेको छ। बैठकले सहमतिको सरकार गठनका लागि मुख्य तीन दलबीच आजै छलफल गर्ने निष्कर्ष निकालेको छ ।

ओली प्रधामन्त्री बन्ने कुरा थाहा छैन- अर्थमन्त्री महत

बैठकपछि उपसभापति रामचन्द्र पौडेलले पत्रकारलाई दिएको जानकारीअनुसार सरकार गठनबारे प्रमुख तीन दलका नेताबीच सकेसम्म आजै छलफल हुने र त्यसपछि व्यवस्थापिका–संसद्मा रहेका ३२ दलको सर्वदलीय बैठक बस्नेछ । उनले सहमतिका कायम गरेर सर्वसम्मत निकास निस्कन नसकेमा दोस्रो चरण (बहुमतीय) मा प्रवेश भई निकास निकाल्ने जनाए ।

ramchandra poudel hand gesture

यही असोज १५ गते प्रधानमन्त्री सुशील कोइरालाले नयाँ संविधानबमोजिम नयाँ प्रधानमन्त्री चयनका लागि गरेको आग्रहका आधारमा राष्ट्रपति रामवरण यादवले सात दिनको समय दिई सहमतिको प्रधानमन्त्री चयन गर्न संसद्मा रहेका दलहरुलाई आह्वान गरेका थिए ।

एमाले नेताको प्रतिक्रियाः भारतबाट ओलीलाई असहज रहेको संकेत

उनले आफूहरु सकेसम्म सहमतिको कोसिसमा रहेको बताए। प्रमुख तीन दलको साझा उम्मेदवारमा को बन्न सक्ला ? भन्ने प्रश्नमा त्यो अहिले भन्न नसकिने उल्लेख गरे । प्रमुख दलबीच गत जेठ २५ मा भएको १६ बुँदे सहमति हुँदा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने भद्र सहमति भएको होइन ? भन्ने जिज्ञासा उनले भने, ‘त्यो मलाई थाहा छैन, मेरो जानकारीको विषय होइन ।’

पदाधिकारी बैठकमा पार्टीको आगामी महाधिवेशनको तयारी र सङ्घीय ढाँचाअनुसार विधान बनाएर अघि बढ्ने बारेमा पनि छलफल भएको थियो । रासस