१० पुस, काठमाडौं ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कडा आलोचना गरेका छन् । केही सातादेखि दैनिक रुपमा प्रधानमन्त्री प्रचण्ड उदघाट कार्यक्रममा राजधानी बाहिर जान थालेपछि ओलीले कडा आपत्ति जनाएका छन् ।

फाइल तस्बिर

फाइल तस्बिर

ओलीले प्रचण्डलाई प्रश्न गरेको छन– ‘ठूलो हेलिकप्टर चढेर , एक डफ्फा मान्छे बोकेर, खल्तीमा कैँची र सलाई हालेर हिडेर हुन्छ, सहमति निर्माणको लागि छलफल गर्नु पर्दैन ?’ सरकार गठन भए लगत्तै प्रधानमन्त्री प्रचण्डले रिवन काटने कार्यक्रममा नहिड्ने घोषणा गरेका थिए । तर अहिले प्रचण्ड दैनिक रुपमा रिवन घाटने काममा व्यस्त हुने गरेका छन् ।

एमाले संसदीय दलमा आयोजित नौ वटा दलको प्रतिपक्षी गठबन्धनको पत्रकार सम्मेलनमा अध्यक्ष अ‍ोलीले आफूलाई राजा महेन्द्र पथमा उभिन खोजेको भन्दै आपत्ति जनाए । के म राजा बन्न खोजेको छु ? उनले प्रश्न गरे‘कि मलाई कसैले राजा बनाउन खोजेको छ ? के हो महेन्द्रीय पथ ?’

यो पढ्नुस्।

कांंग्रेसले गर्यो प्रचण्डलाई अप्ठ्यारो पार्ने निर्णय

प्रस्तावको विरोधमा एमालेले काठमाडौंमा दस हजार मोटरसाइकल उतार्ने