१२ पुस, काठमाडौं ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू र आफ्नो पार्टीलाई मधेस विराधीको रुपमा चित्रित गरिएकामा तिब्र आक्रोश पोखेका छन् । uml

सोमबार पार्टी केन्द्रिय कार्यालय धुम्वाराहीमा आयोजित ‘मधेस’ भ्रम र यथार्थ विषयक अन्तक्रिया कार्यक्रममा आक्रोश पोख्दै ओलीले भने ‘द्वन्द्व व्यवसायीहरू मधेसवादी हुने मधेसको विकास गरौंभन्दा मधेस विरोधी ?’ मधेस केन्द्रित दलले द्वन्दको खेती गरिरहेको उनले बताए ।

मधेसका नाममा मधेसवादी भनिनेले मारकाटको राजनीति गरिरहेको बताउँदै उनले भने उनीहरू आफूले मधेसको विकासको निमित्त ल्याएको वजेटबाट आत्तिए । ‘मधेसको विकास भयो भने उनीहरूको मारकाटको राजनीति नचल्ने भएपछि उनीहरू मप्रति झन आत्तिए’ ओली भने । मधेस आन्दोलनका क्रममा आफ्नो पालामा ८ जना मात्र मारिएको वाँकी ४७ जना सुशिल कोइरालाकै पालामा मारिएको तथ्यांक देखाउदैं ओलीले प्रश्न गरे ‘अनि म मधेस विरोधी सुशिल मधेसवादी कसरी भयौं ?’ संसद् वहिस्कार गरेर आन्दोलन गरिरहेका बेला आफ्नो विरुद्ध भोट हाल्न संसद् आएको स्मरण गर्दै उनले भने ‘त्यसपछि बुझ्न वाँकी हुनेले पनि वुझे होलान नी !’

संसद्मा दर्ता रहेको संविधान संशोधनको विधेयकमा उल्लेख भएको ५ नम्वर प्रदेशको विभाजनको खाका आफू र सुशिल कोइरालाले समस्या सामाधानका ल्याएको स्वीकार गर्दै उनले माओवादी, मधेसवादी दुवैले नमानेपछि त्यतिवेलै सच्याइएको बताए ।

‘सच्याइसकेको कुरालाई त्यतिवेला तैले मानेको होइन ? भनेर वारम्वार प्रश्न गर्ने हो भने प्रचण्डले पनि मलाई प्रधानमन्त्री मान्छु भनेर सही गरेको होइन् ?’ ओलीले प्रतिप्रश्न गरे ।
अन्तरक्रियामा मधेसी सांसद् तथा वुद्धिजीवीले २ नम्वर प्रदेशमा पहाड किन नमिसाएको भन्ने प्रश्नमा भने ओलीले भने ‘यहाँ गल्ती भयो, प्रकृयाअनुसार सच्याइनेछ ।’

कार्यक्रममा लोकतानित्रक मधेसी संगठनका अध्यक्ष रघुविर महासेठ, एमाले प्रदेश नं.२ का प्रमुख सत्यनारायण मण्डललगायतले आफूहरूको वाराम्वार मागका वावजुद् २ नं प्रदेशबाट पहाड छुटाइएकामा नेतृत्वप्रति आक्रोश पोखेका थिए ।

कार्यक्रममा मधेस विज्ञ डा. राजेश अहिराजले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले पावरप्वाइन्ट मार्फत कार्यपत्र प्रस्तुत गर्दा ओली फ्लोरमा वसेर ध्यानपुर्वक हेरेकाथिए । डा. अहिराजले कार्यपत्रमा कांग्रेस, माओवादी केन्द्र र एमाले पार्टीको आन्तरिक समावेसीता, नेतृत्व, मधेसबाट यी पार्टीले पाएका मत प्रतिशत र विजित सिटका वारे तुलनात्मक तथ्यांक देखाएका थिए । सो तथ्यांकमा आन्तरिक समावेसीतामा यी तीनै पार्टी वरावर देखिएका थिए । मधेसबाट ४० सिट जितेको एमाले मतप्रतिशतमा भने सबैलाई उछिनेको देखाइएको थियो ।

ओली सरकारका पालामा मधेसले पाएको वजेटलाई डा अहिशराजले यस्तो न पहिले कहिल्यै भएको न अब हुने बताएका थिए । एमाले अन्य पार्टीभन्दा मधेस मामलामा कमजोर नभएको बताउँदै डा. अहिराजले बरु उसले गरेको कामनै मधेसी जनतावीच पुर्याउन नसकेको बताए ।

यो पढ्नुस्।

भो अब म रिबन काट्न जान्नः प्रचण्ड