२६ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफैंले संसदको अवरोध हटाएको खुलासा गरेका छन् ।

kp-oli

गृह जिल्ला झापाको दमकमा आकाशे पुलको उद्घाटन गर्दै उनले यो खुलासा गरेका हुन् । एमालेका नेताहरुले जालझेल र षड्यन्त्रपूर्वक झुक्काएर संविधान संसोधन विधयेक टेबल गरिएको भनिरहेका बेला ओलीले भने, ‘धेरै कचकच, जालझेल र षड्यन्त्र भएकाले म आफैंले अवरोध हटाएको हूँ तर संसोधन प्रस्ताव कुनै हालतमा पारित हुन दिइन्न ।’ प्रतिपक्षीको नारा जुलुस र होहल्लाका बीच सरकारले संविधान संसोधन विधयेक संसदमा पेश गरेको थियो ।

अष्ट्रेलियामा नेपाली विद्यार्थीले महिलालाई मुक्का हानेपछि… (भिडियो सहित)

त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले एमाले अध्यक्ष ओलीसँग एक घण्टा छलफल गरेपछि सहमतिमै वियधेक टेबल गरिएको बताएका थिए । कार्यक्रममा बोल्दै ओलीले हिमाल, पहाड र तराईमा मिलेर बसेका जनतालाई संविधान संशोधन गरेर अलग्याउन खोजेर देश बिखण्डन गर्न खोजिएको आरोप लगाए ।

तत्काल तीनै तहको निर्वाचन गरेर संविधानको कार्यन्वयन तर्फ लाग्नु पर्नेमा ओलीले जोड दिए । उनले भने, ‘निर्वाचन जरुरी छ, त्यसपछि अहिले सत्तामा बसेकाहरुको हालत प्रष्ट हुन्छ, त्यसपछि एमालेले सरकारको नेतृत्व गर्छ ।’