प्रयास पराजुली
काठमाडौं ।

राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रिय सहमतिको सरकारको लागि एक साताको म्याद दिएपनि दलहरु सहमतिको सरकार छोडेर बहुमतीय सरकार गठनको प्रक्रियामा अगाडि लागेका छन् । सहमति निर्माणको लागि प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीको बीचमा कुनै छलफल नै हुन सकेको छैन । प्रधानमन्त्रीको बन्ने दौडमा एमाले अध्यक्ष ओली प्रबल दावेदारको रुपमा देखिएका छन् । दलहरुबीच भएको सहमति अनुसार ओली नै नयाँ सरकारको प्रधनमन्त्री बन्नु पर्ने हो । तर राजनीतिमा इमान जनान भन्ने क्षणिक हुन्छन भनेझै संविधान जारी गरेपछि कांग्रेसले पुनः सरकाको नेतृत्व गर्ने लोभ देखाएको छ । कांग्रेसले सहमतिको सरकारको बारेमा चुक्क समेत बोलेको छैन । कांग्रेसभित्र प्रधानमन्त्री सुशील कोइरालाले नै पुनः प्रधानमन्त्री बन्न रणनीतिमा छन् । वरिष्ठ नेता शेर बहादुर देउवा, र उपसभापति रामचन्द्र पौडेल पनि आकांक्षी छन् ।primminister-2072 candidate

ओलीको नेतृत्वमा कांग्रेस नमान्ने
बेइमानीको खेती गर्नको लागि तर्क विर्कत केही चाहिदैन भन्ने कुरा राजनीतिमा धेरै लागू हुन्छ । पूर्व सहमति अनुसार एमालेलाई सरकारको नेतृत्व दिन तयार भएपनि संविधान जारी भएसँगै कांग्रेसको मन एकाएक फेरिएको छ । संविधान जारी गर्नको लागि एकताबद्ध भएर लागेका तीन दलको बीचमा पुनः टुटफुटको संकेत देखिएको छ । एमाले अध्यक्ष ओलीलाई एमाओवादी प्रचण्डले यस पटक दह्रै रुपमा साथ दिएका छन् । तर साथ र सहयोग गर्ने प्रतिबद्धता जनाएको कांग्रेसले ओलीलाई सहयोग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्नको लागि गृह कार्यमा लागेको छ ।

सहमतिको सरकार गठन भए दुई बर्षसम्म यही सरकारले काम गर्नेछ । कांग्रेसले ठूलो दलको हैसियतले आफ्नो नेतृत्वमा सरकार गठन गर्नुपर्ने दावी गर्दै आएको छ । संविधान निर्माण कार्य कांग्रेसकै नेतृत्वमा सफल भएकाले संविधान कार्यान्वयन गर्नको लागि पनि कांग्रेसले नै नेतृत्व गर्नुपर्ने दबाब नेताहरुले शीर्ष नेताहरुलाई दिएका छन् ।

देउवा भन्छन्: सहमतीय सरकार बन्दैन

कोइराला, देउवा र पौडेलद्धारा प्रधानमन्त्रीको दावी
कांग्रेसका पार्टी सभापति रहेका प्रधानमन्त्री कोइरालाले पुनः एक पटक प्रधानमन्त्री बन्न सपना देखेका छन् । सरकारबाट राजिनामा दिने एक दिन एमालेका दुई मन्त्रीलाई बर्खास्त गर्ने निर्णय गरेर आफ्नो बाटो स्पष्ट पारेका थिए । राजिनामा दिने विषयमा पनि एमालेका मन्त्रीहरुले निकै धरै दबाब दिएपछि मात्र कोइरालाले संसदमा सम्बोधन गर्ने क्रममा नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया अगाडि बढाउन राष्ट्रपति डा. यादवलाई आग्रह गरेका थिए ।

भारतकोले नाकाबन्दी गर्दा समेत एउटा विज्ञप्ती पनि जारी नगरी बसेका प्रधानमन्त्री कोइरालाले भारतको विरुद्ध एक शब्द पनि खर्च गरेनन । किनकी एमाओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीले नै नाकाबन्दीको विरुद्ध खरो रुपमा उत्रिएका थिए । कोइरालाले जनताले सास्ती पाउदा पनि भारतीय सरकारसँग सिधा र स्पष्ट कुरा गरेनन । किनकी भारतको आर्शिवाद लिएर प्रधानमन्त्री बन्न घृणित खेल खेल्दै आएका कांग्रेसका नेताहरुलई नाकाबन्दीले पटक्कै छुन सकेन । कांग्रेसकाले भारतको विरोध नगर्नुलाई पनि निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

ओलीका विषयमा कांग्रेस मौन

कोइलासँगै वरिष्ठ नेता शेर बहादुर देउवा यस पटक भारत दाहिना भएको फाइदा उठाउदै प्रधानमन्त्री योजनामा छन् । कांग्रेसका एक नेताका अनुसार असोज १४ गते भारतीय ‘र’ का प्रतिनिधिहरुले बुढानिलकण्ठस्थित देउवा निवासमा दारु पार्टी गरेर अब देउवाले नै सरकारको सरकारको नेतृत्व गर्नुपर्ने कार्ड फ्याकेर गएका छन् । त्यही भएर देउवा अहिले एमालेसँग केही सहमति नभएको बताउंदै हिड्का छन् । संसदमा १७ पटक प्रधानमन्त्री बन्नको लागि लडेपनि असफल भएका उप–सभापति रामचन्द्र पौडेल पनि यस पटक प्रधानमन्त्रीको दौडमा लागेका छन् । कांग्रेसमा तीन नेता नै आफ्ना गुटका नेताहरुके भेलामा लागेका छन् ।

प्रधानमन्त्री ओली बन्ने प्रचण्डको खुलासा
एमाओवादी प्रचण्डले प्रधानमन्त्री सुशील कोइरालाले एमाले अध्यक्ष ओलीलाई राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्नुपर्छ भनेर पटक–पटक भनेको खुलासा गरेका छन् । कांग्रेस–एमालेको संयुक्त सरकार गठनपूर्व एक बर्षपछि एमालेलाई सरकारको नेतृत्व दिने सहमति भएको एमाले नेताहरुको दावी छ । तर प्रचण्डले १६ बुँदे सहमति गर्ने क्रममा अबको प्रधानमन्त्री ओली नै हो भन्ने दलहरुबीच सहमति भएको दावी गरेका छन् । प्रचण्डको अनुसार संविधान जारी भएपनि कोइरालाले प्रधानमन्त्री छोडने र ओलीको नेतृत्वमा सहमतिको सरकार गठन गर्ने सहमति भएको थियो ।

तर अहिले प्रधानमन्त्रीका बन्ने दौडधुपमा कोइराला लाग्दा आफूलाई आश्चार्यचकित पारेको प्रचण्डले बताएका छन् । प्रचण्डले ओलीलाई प्रधानन्त्री बनाउनु पर्ने पक्षमा आफू रहेको स्पष्ट पादै कांग्रेसका नेताहरुलाई सहमति सम्झन दबाब दिदै आएका छन् । तीन दलको बैठकमै प्रचण्डले ओलीलाई सहमतीय सरकारको नेतृत्व गर्न प्रस्ताव गरिसकेका छन् । प्रचण्डले संविधान संशोधन, गर्न कानुन बनाउन पनि सहमतिय सरकार बिना काम अगाडि बढ्न नसक्ने र संविधान कार्यान्वयन गर्नको लागि तीन दल मिल्नु पर्नेमा जोड दिदै आएका छन् ।

प्रचण्डले यस पटक कुनै पनि हातलमा ओलीलाई प्रधामन्त्री बनाएरै छोडनुपर्ने निकट नेताहरुसँग भन्दै आएका छन् । राष्ट्रिय एकता बलियो बनाउनको लागि पनि ओलीजीलाई प्रधानमन्त्री बनाउनको विकल्प नभएको प्रचण्डको प्रस्ताव छ । भारतले नाकाबन्दी गर्दा जनताले सास्ती पाए यस्तो बेलामा बहुमतिय सरकार गठन गर्ने कांग्रेसले कदम चाल्नु हुँदैन ओलीलाई नै सहयोग गर्नुपर्ने प्रस्ताव समेत प्रचण्डले कोइरालालाई समक्ष राखेका छन् । सरकार गठनको लागि एमालेका नेताहरुले भन्दा पनि कांग्रेससँग छलफल गर्ने काम पछिल्लो समयमा प्रचण्डले गरेका छन् ।