१७ असोज, विराटनगर ।

एमालेले कोइराला सरकार गठन हुँदा एमाले र कांग्रेसबीच संविधान बनेपछि केपी ओली प्रधानमन्त्री बन्ने सहमति भएको दावी गरिरहेको समयमा अर्थमन्त्री रामशरण महतले भने आफूलाई त्यस्तो सहमति भएको थाहा नभएको प्रतिक्रिया दिएका छन् ।

एमाले नेताको प्रतिक्रियाः भारतबाट ओलीलाई असहज रहेको संकेत

प्रधानमन्त्रीले राष्ट्रपतिलाई नयाँ सरकाको प्रक्रियाका लागि आग्रह गरेर सहमतीय प्रधानमन्त्रीको खोजि जारी रहँदा अर्थमन्त्री महतको यस्तो प्रतिक्रिया आउनुले गम्भिर संकेत गरेको छ ।

ram-sharan-mahat

आइतबार बिराटनगर पुगेका अर्थमन्त्री महतले ओलीलाई प्रधानमन्त्री बनाउने सहमति नभएपनि ओली प्रधानमन्त्री बन्ने कुरामा आफुहरुको अहसमति भने नरहेको स्पष्ट पारे ।

ओली प्रधानमन्त्री बन्ने प्रचण्डको खुलासा