६ मंसिर, काठमाडौं ।

कांग्रेस सांसद तथा युवा नेता गगन थापा एक ट्वीटरका कारण ब्यापकरुपमा आलोचित भएका छन् । सरकारले वार्ताको रट लगाएर सप्तरीमा आन्दोलनकारीमाथि दमन गरेको भन्दै उनले गरेको ट्वीट सार्वजनिकरुपमा आलोचित बनेको हो ।

कांग्रेस सरकारका पालमा नै शुरु भएको मधेश आन्दोलन र नाकाबन्दीकाबीच आन्दोलनकारीमाथि गोली चल्दा उनले देखाएको साहनुभुतीलाई धेरैले प्रचारबाजीको सज्ञा दिएका छन् ।

गगन थापाले, ‘काठमाडौंमा निर्णायक वार्ता शुरू हुने भनेर हल्ला चलाउने सरकार ठीक त्यही बेला कहीं न कहीं चर्को र क्रुर दमन गरेर आफ्नै हल्लाको खिल्ली उडाउंछ!’ भनेर ट्वीट गरेका थिए ।

gagan twitt status on barta




gagan twitt status on barta 4

कांग्रेस सरकारकै पालामा ४४ जना आन्दोलनकारी मारिएको स्मरण गराउँदै कतिपयले बोल्न होइन समाधान खोज्न सुझाव गगनलाई दिएका छन् ।

गणेश आचार्यले भनेका छन्, ‘काँग्रेस सरकारमा हुँदा पनि त्यही गर्थ्यो र पो मार्‍यो त । अनि त्यतिखेर काँग्रेस नेताहरुले कहिल्यै यसरी लेख्दैनथे र त यस्तो भो ।’

gagan twitt status on barta 2

त्यसैगरी गाँउले नामको ट्वीट ह्याण्डलबाट, ‘राति२ बजे रोडमा गएर पाहाडिया चोर भन्दैइ सवारी साधनमाथी ढङगा-मुढा प्रहार गर्ने लाई गोलि नहानेर के पानी पुरी खुवाएर पठाउनेत?’ भनेर प्रश्न गरेका छन् ।

त्यसैगरी जुनकुरी नानी नामको ट्वीटर ह्याण्डलबाट रीता लामाले गगनथापाको बोलीमाथि असन्तोष पोख्दै भनेकी छिन्, ‘तिमी पनि खासै गतिला नेता लागेन । दुख लाग्यो यो सोच देखेर । आफु र आफ्ना मात्रै ठिक अरू सबै ताेरी है? वाह वाह नेपालका युवा नेता ?’

gagan twitt status on barta 1

दीपक श्रेष्ठले भने, माननीयज्यू तपाईंजस्तो जिम्मेवार व्यक्तिले समस्यामात्र उजागार गर्ने कि समाधानको उपायहरू पनि सुझाउने हो । अरूलाई चोर औँला देखाएर भएन’ भन्ने सुझाव दिएका छन् ।

gagan twitt status on barta 3

बैधबाको ठुल्दाई नामको ट्वीट ह्याण्डलबाट उनलाई, “अनि आफुहरु सत्तामा बस्दा के गरियो बताउनु त थापाकाजी धेरै फतर फतर नबोल घौंटेकान्डमा तिम्रो कालो थुतुनो सबैले चिनिसके, भनेर ब्यङ्ग् गरेका छन् ।

घैंटै काण्डमा विवादमा परेपछि गगन थापाको ३ पेज लामो स्पष्टिकरण (विवरण सहित)

स्मरण रहोस गगन थापाले संविधान जारी हुने बेला देखि नै वार्तामा जोड दिँदै आएका थिए ।