संसार भर अनौठा प्राकृतिक घटना अनि ठाँउ छन्। कति थाहा पाइएका छन् भने कति त हामीलाइ अत्तोपत्तो पनि छैन होला। यस्तैमा एक ठाँउ छ, कजाकिस्तानमा, काइन्डी ताल।

Earthquake lake kaindy (2)

सन् १९११ मा त्यो क्षेत्रमा आएको भुकम्प पश्चात बनेको ताल थियो त्यो। भुकम्प पश्चात त्यो ठाँउमा सानो तलाउ बन्यो पछि पानी थपिदै जाँदा त्यहा ठुलो तालनै बन्न पुग्यो। यो ठाँउ हेर्नको लागि अहिले पनि पर्यटकको घुँइचो हुने गर्छ। यसरी मान्छे हेर्नै आउने दुइ कारण छ, एक त यहाँ एक छुटै प्रजातिको रुखहरुको जंगल छ, जुन हेर्दा निकै मनमोहक छ। दोस्रो, यहाँ गर्मी मौसममा पनि तापक्रम ६ डिग्री सेल्सियस भन्दा बढी बढ्दैन, अझ कम नै तापक्रम हुने गर्छ।

Earthquake lake kaindy (3)

करिब ४०० मिटर लामो यो ताल तिआन शान नामक हिमालको नजिक छ। सफा हिमाली पानीको कारणले यो तालको पिंध नै देख्न सकिन्छ। जाडोको मौसममा भने यो तालको माथी मोटो बरफ नै जम्ने गर्छ।

हेर्नुहोस् यो तालका केही तस्बिरहरु,

Earthquake lake kaindy (1) Earthquake lake kaindy (4) Earthquake lake kaindy (5)

यो पनि पढ्नुहोस्,

अनौठो शोखः शरीर भरी बुट्टे ट्याटु (फोटो फिचर)

विश्वको १० औं सानो देशको अनौठो यथार्थ