७ साउन, काठमाडौं ।
दुई वर्षदेखि कतारका रोजगारदाता कम्पनीले नेपालबाट धेरै कामदार लगिरहेका छन् । कतारमा २०२२ मा हुन लागेको विश्वकप फुटबलका लागि आवश्यक संरचना निर्माण गर्ने काममा धेरै युवा कतार पुगेका हुन्

सरकारले फ्री भिसा तथा टिकटको निर्णय लागू गरेपछि मलेसियालगायत दुबई, साउदी अरबबाट म्यानपावर व्यवसायीले राम्रा कम्पनीको डिमान्ड नल्याउँदा पनि युवा कतार जान बाध्य भएका छन् । मलेसियाका रोजगारदाता कम्पनीले पनि नेपालका म्यानपावर व्यवसायीलाई कामदार पठाएबापत सेवा शुल्क पनि नदिने हुँदा व्यवसायीले कामदारलाई फकाई फुलाई कतार पठाउने गरेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

दुई वर्ष पहिले मलेसिया पहिलो र साउदी अरब दोस्रो गन्तव्य राष्ट्र थिए । पछिल्लो समय कतारलाई एक्लाउने गल्फ राष्ट्रहरूको कदमले कामदारमा केही त्रास सिर्जना गरेको छ ।