काठमाडौं ।

पर्सा र बारामा आन्दोलनकारी मारिएपछि तनावग्रस्त मधेशबाट मंगलबार काठमाडौं आएका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मधेशले संविधानसभाको जनमतलाई अस्वीकार गरिदिएको दावी गर्दै अव नयाँ म्यान्डेट अनुसार संघीयता विभाजन र संविधान लेखिनु पर्ने दावी गरे ।

[quote_box_center] मधेधको तनाव भित्र भित्रै गुम्सिँदै गर्दा अव त्यहाँ मुख्यतः ३ सम्भावना देखिएका छन् । पहिलो सम्भावना अहिले आन्दोलनको नेतृत्व गरिरहेका यस अघि नै स्थापित मधेशमा आधारित शक्तिहरुसँग सम्झौता गरेर संविधान जारी गर्ने हो भने दोश्रो सम्भावना आन्दोलनलाई दमन गर्ने रणनीतिसहित माग सुनुवाइ नगर्ने र अतिबादीहरुको हातमा मधेशको आन्दोलन पुग्ने र भाँडभैलो मच्चिने । र तेश्रो सम्भावना देशमा भाँडभैलो मच्चिएको बहानामा कुनै न कुनै रुपको निरंकुशता जन्मिने खतरा ।[/quote_box_center]

सतहमा देख्दा उपेन्द्र यादवको चेतावनी मधेशको आन्दोलनबाट उठेको रापमा आधारित जस्तो देखिएपनि मधेशमा नेता दावी गर्नेहरुको नियन्त्रणमा मधेश नरहेको संकेत देखिन थालेका छन् ।

Mahanta-upendra-rajendra. madheshi leaderjpg

मधेशमा अपेक्षित हिसावले विद्रोह उठाउन नसकेका र त्यसको नेतृत्व कायम गर्न नसकेपछि वार्ता हुन नसक्ने भन्दै वार्ताको पक्षमा रहेका उपेन्द्र यादव र अर्का नेता महन्त ठाकुर काठमाडौं आएको विषयमा आक्रोश पोख्दै संविधानसभा छोडिसकेका अर्का मधेशी नेता राजेन्द्र महतोले महन्थ ठाकुर र उपेन्द्र यादव चाकडी गर्न काठमाडौं गएको आरोप लगाए । उनले नेताहरुलाई काठमाडौंको मोह त्याग्न समेत सुझाव दिए । उनीहरुको बोली र जुहारीले मधेशमा रहेको नेतृत्वहिनता, जुंगाको लडाइँ र नेतृत्वतहमा रहेको शंका उपशंकालाई उजागर गर्छ ।

नेपालमा तनाव हुँदा भारतीय मिडियाका हेडलाइनः ‘मोदीले कोइरालालाई झपारे’

कैलालीमा थारुको असन्तोषमा बलेको आगोले समग्र मधेशलाई प्रभावित पार्न थालेको छ । कैलाली गएर उत्तेजक भाषण गरेको भनिएका उपेन्द्र यादव, अर्का नेता महन्त ठाकुर र राजेन्द्र महतोको पछिल्लो अभिब्यक्तिलाई सतहमा लिन सकिएपनि होल्ड मधेश आन्दोलनमा पूर्णरुपमा स्थापित हुन सकेको छैन भन्ने कुरा तराइमा भित्र भित्रै भैरहेका गतिविधीले पुष्टी गर्छन् । केही दिन अघि मात्र भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालमा रहेका १ करोड भारतीयहरुको सुरक्षाका लागि भारत चिन्तित रहेको भन्दै दिएको विवादास्पद अभिब्यक्तिपछि तराइमा नयाँ तरंग देखिन थालेका छन् । संघीयताको सीमांकनका नाममा शुरु भएको यो आन्दोलनको राप र तापका बहुआयामिक छन् । कैलालीको निन्दनीय हिंसापछि सरकारले सेना परिचालन त गर्यो तर तनाव भने फैलिँदै मध्य देखी पुर्वी तराइसम्म फैलिने संकेत देखिँदैछ ।

के छन् अवका सम्भावना ?
मधेशको तनाव भित्र भित्रै गुम्सिँदै गर्दा अव त्यहाँ मुख्यतः ३ सम्भावना देखिएका छन् । पहिलो सम्भावना अहिले आन्दोलनको नेतृत्व गरिरहेका यस अघि नै स्थापित मधेशमा आधारित शक्तिहरुसँग सम्झौता गरेर संविधान जारी गर्ने हो भने दोश्रो सम्भावना आन्दोलनलाई दमन गर्ने रणनीतिसहित माग सुनुवाइ नगर्ने र अतिबादीहरुको हातमा मधेशको आन्दोलन पुग्ने र भाँडभैलो मच्चिने । र तेश्रो सम्भावना देशमा भाँडभैलो मच्चिएको बहानामा कुनै न कुनै रुपको निरंकुशता जन्मिने खतरा ।

पहिलो सम्भावनाः

सत्तारुढ कांग्रेस भित्रै समेत मधेशी र थारुका माग पुरा गर्न वार्ता गर्न दवाव बढ्नु र एमाओवादी पनि असन्तुष्टका माग पुरा नगरी अघि बढ्न नसकिने भन्दै दवाव दिनुले पहिलो सम्भावना बढि देखिँदैछ । मधेशमा आफूलाई नेता मान्ने उपेन्द्र यादव, महन्त ठाकुर, राजेन्द्र महतो, विजय गच्छदार, प्रभु साह लगायतका नेताहरुसँग पुरानै शैलीमा सम्झौता गर्ने र उनीहरुलाई पनि इज्जत जोगाउने वातावरण सहित संविधान जारी गर्ने देखिन्छ ।

madhesi dal ka neta

उपेन्द्र यादव लगायतका धेरै स्थापित नेताहरुको पनि आफूहरुको इगो कायम राख्दै मधेशमा शान्तिपूर्ण समाधान होस भन्ने चाहाना नै देखिन्छ । तर उनीहरुको नाक जोगाउने सहमति कहाँ नेर भेटिन्छ र त्यसका लागि कति समय लाग्छ भन्ने कुराले त्यो सम्भावनाको आयुलाई निर्धारण गर्ने छ ।

Modi Tarai madhesh Neta haru lai vet

काठमाडौंमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ताका क्रममा मधेशी नेताहरु

यो सम्भावना असम्भव नै नभएपनि मधेशमा अर्को प्रदेश फुटाउन पनि कठिन हुने र संघीयतामा सीमाहरु बदल्दै जाँदा आफ्नै निर्णय क्षमतामा प्रश्न चिन्ह लाग्ने डर अहिलेको संघीयता विभाजन गर्ने नेताहरुमा छ । त्यति मात्र होइन वार्ता गर्नका लागि भन्दै संविधानको प्रक्रिया रोक्दा कांग्रेसले सत्ता लम्ब्याउन खोज्यो भन्ने एमालेको चिन्ता र सत्तामा जान अव संविधान जारी गर्नै पर्ने निष्कर्षमा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीको चाहाना त्यसमा तगारो बन्न सक्ने समेत खतरा छ ।

[quote_box_left] भारतका गृहमन्त्री राजनाथ सिंहले उत्तर प्रदेशको महाराजगञ्ज भ्रमणका क्रममा नेपालमा एक करोड भारतीयहरु बसोबास गरिरहेको र भारत सरकारले उनीहरुको संरक्षण गर्नुपर्ने बताए लगत्तै तराईमा भूमिगत रुपमा अपराधिक गतिविधि गर्दै आएको जनतान्त्रिक तराई मुक्ति मोर्चाले तराईलाई छुट्टै देश माग गर्दै वार्ता गर्न र तराईमा रहेका पहाडीयाहरुलाई सधैका भगाउन आग्रह गरेको छ । मोर्चाले घरेलु हतियारको प्रयोग गरेर पहाडीयाहरुलाई तराईबाट लखेटन र तराईमा रहेको पुलिस चौकिहरुलाई ध्वस्त वनाउन पनि मधेशी समुदायलाई आग्रह गरेको छ । मोर्चाले पहाडीयाले तराईमा लगाएको बोर्ड हटाएर तराई सरकार लेख्न र नेपालको झण्डा र दौरासुरुवाल जलाउन समेत निर्देशन दिएको छ ।[/quote_box_left]

गिरीजा प्रसाद कोइरालाले गरेको सम्झौता सुशील कोइरालाले कार्यन्वयन गर्नु पर्ने भन्ने मधेशी नेताहरुको माग देख्दा सहज देखिएपनि त्यसका जटिलताका बहुआयाम छन् । यदि त्यस्तो भैहाल्यो भनेपनि यो वातावरण बनिसक्दा तराइमा थप आन्दोलनकारी मारिने र सुरक्षाकर्मीहरु समेत असुरक्षित बन्ने वातावरण बन्यो भने दोश्रो सम्भावनालाई बढावा दिने छ ।

दोश्रो तर खतरनाक सम्भावनाः

मधेशमा चलिरहेका गतिविधी प्रति सत्तारुढ दलमा रहेको फरक दृष्टिकोण, परस्थितिगत स्वार्थको आँकलन र मधेशी आन्दोलन नेता भनिएकाहरुबाट अदृष्य शक्तिको नियन्त्रणमा पुग्दै गर्दा देखिएको दोश्रो सम्भावना देशका लागि घातक र भयानक बन्ने खतरा छ । मधेशमा करिव १ महिना देखि जारी बन्द हडताल र त्यसकै पृष्ठभूमिमा जारी प्रदर्शनमाथि भएका बलप्रयोगले मधेशमा सक्रिय अतिवादीहरुलाई खेल्ने ठाउँ दिइरहेको छ ।

Amar Ujala feature on CK Raut

सीके राउत जस्ता मधेशलाई छुट्टै देश बनाउनु पर्छ भन्ने र भारतीय प्रधानमन्त्रीसँग मधेश बचाउन विन्ती पत्र हाल्ने जयकृष्ण गोइत मात्र नभएर पहाडियाहरुलाई लाठी लगाएर तराइबाट लखेट्नु पर्छ भनेर पर्चा वितरण गर्ने जनतान्त्रिक मुक्ति मोर्चा जस्ता अतिबादी शक्तिहरुले धमिलो पानीमा माछा मार्ने मौका पाइरहेका छन् । भारतका गृहमन्त्री राजनाथ सिंहले उत्तर प्रदेशको महाराजगञ्ज भ्रमणका क्रममा नेपालमा एक करोड भारतीयहरु बसोबास गरिरहेको र भारत सरकारले उनीहरुको संरक्षण गर्नुपर्ने बताए लगत्तै तराईमा भूमिगत रुपमा अपराधिक गतिविधि गर्दै आएको जनतान्त्रिक तराई मुक्ति मोर्चाले तराईलाई छुट्टै देश माग गर्दै वार्ता गर्न र तराईमा रहेका पहाडीयाहरुलाई सधैका भगाउन आग्रह गरेको छ । मोर्चाले घरेलु हतियारको प्रयोग गरेर पहाडीयाहरुलाई तराईबाट लखेटन र तराईमा रहेको पुलिस चौकिहरुलाई ध्वस्त वनाउन पनि मधेशी समुदायलाई आग्रह गरेको छ ।

Tarai Mukti morcha bigyapti

मोर्चाले जारी गरेको उर्दी

मोर्चाले पहाडीयाले तराईमा लगाएको बोर्ड हटाएर तराई सरकार लेख्न र नेपालको झण्डा र दौरासुरुवाल जलाउन समेत निर्देशन दिएको छ । सीके राउतका समर्थक देखि पहाडियालाई लाठी लगाएर धपाउनु पर्छ भन्नेहरुप्रति साहानुभूति बढ्दै जाने अवस्था सृजना हुँदै जानु दीर्घकालीनरुपमा नै घातक परिणाम दिने स्तरको हुन सक्ने खतरा समेत देखिन्छ ।

र तेश्रो सम्भावना

तेश्रो सम्भावना अलि झिनो छ तर असम्भव छैन । देशमा लामो समयदेखि रहेको संक्रमणकालीन राजनीतिक तरलताको फाइदा देशभित्र र बाहिरका शक्तिहरुको क्रिडास्थल बनिरहेकोछ । कतिपय नेपालीलाई अव सैनिक शासन आएपनि हुन्थ्यो वा अव ज्ञानेन्द्र नै सत्तामा फर्के हुन्थ्यो भनेर कामना गर्न थालेको धेरै हुन थाल्यो । तरल अवस्थामै पूर्व राजा ज्ञानेन्द्र भारत र चीन सहित अन्तराष्ट्रिय समर्थन खोज्दै भौतारिरहेका चर्चा पनि चलिरहेका छन् ।

भारत र चीनसँग ज्ञानेन्द्रको खेल, कमल थापा र ज्ञानेन्द्र सँगै दिल्लीमा

Gyanendra shah worship 1

देशभरी देखिएका बन्द हडताल कर्फ्यू र अब्यवस्थाको बहानामा कुन रुपको निरंकुशता कहाँबाट जन्मिने हो भनेर अनुमान शुरु गर्नु पर्ने अवस्था आइसकेको छ । क्षेत्रीय, धार्मिक र जातीय मुद्धामा खेल्न सजिलो हुने हुँदा राष्ट्रिय र अन्तराष्ट्रिय अदृष्य शक्तिहरुलाई कैलाली घटनापछिका घटनाक्रमहरु सहज मैदान बनिरहेका छन् । विहीबार मात्र राष्ट्रसंघीय महासचिव बान कि मुनले नेपालमा जारी तनाव हिंसात्मक बन्न थालेकोप्रति चिन्ता ब्यक्त गरेका छन् । महासचिव बानले नेपालमा आन्दोलन हिंसात्मक बन्न थालेकोमा चिन्ता ब्यक्त गर्दै वार्ताको माध्यमबाट समाधान खोज्न आग्रह गरे । नेपालको शान्ति प्रक्रियामा राष्ट्रसंघको भूमिका स्मरण गराउँदै महासचिव बानले नेपालका नेताहरु पुन: सम्झौताको चरणमा आइपुग्नेमा समेत विश्वास व्यक्त गरेका छन् ।

सुशीललाई मोदीको फोन र बामदेवलाई राजदुतको खप्कीः के गर्न खोज्दैछ भारत ?

अन्तराष्ट्रिय समुदायले समेत चिन्ता गर्ने अवस्थामा देशमा तनाव उत्पन्न हुनुले निकट भविष्यमा कुनै खाले अनिष्ट कदमसहित निरंकुशताका लागि मार्गप्रशस्त भैरहेको त छैन भन्ने अहिलेको गम्भिर प्रश्न हो ।

यी उल्लेखित पृष्ठभूमिमा तराइमा शुरु भएको तनाव र बलिरहेको आगोले देशकै राजनीतिक भविष्यमा कुनरुप धारण गर्छ यसै भन्न नसकिने अवस्था छ ।