२२ मंसिर, एजेन्सी ।

भारतका कमेडी किङ कपिल शर्माको ‘द कपिल शर्मा शो’मा कपिल शर्मा लगायतका कलाकारहरुले कति पारिश्रमिक लिन्छन, शो हेर्ने सबैको कौतुहलताको विषय हो।

संसदमा चित्रबहादुरको चर्को भाषण- अनि एमालेका सांसद उठे

सुन्दा अचम्म लाग्न सक्छ यस अघि ६०-८० लाख भारु कमाउने कपिल शर्माको तलव बढाएर ११० करोड भारू पुर्‍याउने अफर आएको छ ।

Kapil Sharma

अहिले सम्म कपिलको तलव बढिसकेको छैन । तर सोनीले उनलाई आफैसँग राख्नका लागि नयाँ तलव अफर गरेको हो ।

द कपिल शर्मा शोकी लट्रीको वास्तविक जीवनका ५ कुरा

शोमा चर्चित डा. मशहूर गुलाटीको भुमिका निभाउने सुनील ग्रोवरले प्रति शो १०-१२ लाख भारु लिने गर्छन्।

the kapil sharma show cast

पूर्व क्रिकेटर तथा नेता नवजोत सिंह सिद्धुलाई प्रति शो ८-१० लाख भारु पारिश्रमिक दिइन्छ।

डा. गुलाटी कि छोरी सरला गुलाटीको भुमिका निभाउने सुमोना चक्रवर्तीले प्रति शो ६-७ लाख भारु पैसा लिने गर्छिन्।

कपिलकी हजुरआमा बनेका अली असगर अर्थात पुष्पा नानी प्रति शो ५-७ लाख भारु लिने गर्छन्।

संतोषको भुमिकामा देखिने कीकू शारदा प्रति शो ५-७ लाख भारु पारिश्रमिक लिने गर्छन्।

चन्दु चायवालाको भुमिका निभाउने चन्दन प्रभाकरको पारिश्रमिक प्रति शो ४-६ लाख भारु छ।

The Kapil Sharma Show- Hot Nurse
नर्स लट्री बनेकी रोशेल रावले प्रति शो ३-४ लाख भारु लिने गर्छिन्।