काठमाडौं ।

उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा पुनः भारत जाने भएका छन् । आउँदो फागुन २६ गते दिल्ली जान लागेका हिन्दुबादी कमल थापाको ‌ओली सरकार गठन भएपछि मात्र हिन्दुबादी मोदीको देशमा यो चौथो भारत भ्रमण हो । छ महिनादेखि जारी नाकाबन्दी खुले लगत्तै प्रधानमन्त्री ओलीले भारत भ्रमण गरेपनि फलदायि बन्न नसकिरहेको चर्चा भइरहेको बेला थापा पुनः भारत भ्रमणमा जान लागेका छन् ।

श्रोत भन्छ ६ दिन भारत भ्रमणको क्रममा प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच कुरा मिल्न नसकेपछि कमल थापा पुनः धार्मिक डिप्लोमेसी अर्थात धार्मिक कुटनीतिक बाटोबाट दिल्ली लागेका हुन् । यस अघि कमल थापा २ पटक राजनीतिक कुटनीति र १ पटक धार्मिक कुटनीतिका लागि दिल्ली पुगिसकेका छन् ।

फाइल तस्बिर

फाइल तस्बिर

कमल थापा ओलीसँगै भारत गएर फर्किएको २ सातामै भारतीय धर्मगुरु श्री रवि शंकरको निमन्त्रणामा भारत जान लागेको उनको सचिवालयले जनाएको छ । ओलीले नाकाबन्दी खुलाउनका लागि कमल थापालाई असोज मै भारत पठाएका थिए तर उनको यात्रा असफल रह्‍यो । त्यसपछि पुनः मंसिरमा पनि थापा भारत गएर विदेशमन्त्री सुष्मा स्वराज सहितका नेतालाई भेटेर फर्के तर त्यसबेला मोदीको दर्शन पाएनन् । ओलीको ६ दिने राजकीय भ्रमणको पूर्वसन्ध्यामा ओली र थापाबीच टकराव भएको छरपष्ट भएको थियो । कमल थापा भारत जाने अघिल्लो दिन ओलीको पत्रकार सम्मेलनमा सहभागी भएनन् । उनी ओलीसँग भारत नजाने सम्मका चर्चा चलेपनि अन्त्यमा भने सहभागी भए । खासगरी ओलीको भ्रमणमा परराष्ट्रलाई छायाँमा राखेर काम गरिएको र तयारीमा सहभागी नगराइएको भनेर कमल थापा रिसाएका थिए ।

kamal thapa and KP oli PM

ओलीले भारत भ्रमणका क्रममा “भारत र नेपालबीच अब समझदारी हट्यो, मेरो भ्रमण सफल भो” भन्दै दोहोर‍्‍याएपनि मोदीसँग संयुक्त विज्ञप्ति जारी गर्न नसक्नु नै उनको भ्रमण असफल भएको संकेतकोरुपमा विश्लेषकहरुले अर्थ्याएका छन् । ओलीसँग संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपालको संविधान कार्यन्वयनका लागि ‘तर’ पदावलीको प्रयोग गरेर भारतीय असन्तुष्टि अझै पनि रहेको छनक दिएका थिए । ओली भारतमै रहेको समयमा भारतीय आयल निगमले नियन्त्रित परिमाणमा इन्धन दिन थाल्नु, मधेशका माग पुरा गर्न माग गर्दै भारतीय पूर्वमन्त्री सहितका ब्यक्तिले नेपाली दुताबासमा धर्ना दिनु सांकेतिकरुपमा ओलीको अडानमाथिका आक्रमण थिए ।

भारतमा चर्चित जोक बन्यो ‌ओलीको पछाडी मोदी उभिएको तस्विर

विमान दुर्घटनासँग हिसिलाको नाम जोडियो, सुशीलका सल्लाहकारले गरे खुलासा

के हुन सक्छ कमलको भ्रमणमा ?
ओलीले दिल्ली भ्रमणमा मोदीसँग भन्दा बढी समय वान टू वान वार्ता गरेका हिन्दुवादी भारतीय जनता पार्टीका महासचिव राम माधवले ओलीलाई प्रष्ट शब्दमा भारतको चाहाना बुझाएको श्रोत बताउँछ । मोदीको पार्टीका महासचिवसँग ओलीले विताएको १ घण्टा शेड्युलमा नरहेको समय थियो । राममाधवले ट्वीटरबाट ओलीसँग १ घण्टा लामो वार्ता गरेको खुलासा गरेपछि मात्र नेपाली मिडियाले चाल पाएका थिए । नेपाल र पाकिस्तानसहित दक्षिण एसियाका केही देश भारतमै समाहित हुने विवादास्पद अभिब्यक्ति दिएका राममाधव उग्र हिन्दुवादी ब्यक्ति हुन् । तिनै उग्रहिन्दुबादी राममाधवसँग ओलीको वार्ता भएको १५ दिन भित्रै नेपालका अतिहिन्दुबादी कमल थापा दिल्ली जाँदैछन् । थापाको दिल्ली भ्रमण कुन हद सम्म राजनीतिक हुन्छ भन्ने प्रष्ट्याइएको छैन । तर उनको भ्रमण धार्मिक आवरणमा राजनीतिक नै हुने र हिन्दुबादी भाजपाले कमल थापाबाटै आफ्ना नयाँ शर्तहरु राख्न चाहेको भन्नेहरु पनि छन् । राजा र हिन्दु राष्ट्रको पक्षमा रहेका कमल थापालाई भारतीय कुटनीतिक फेवर प्राप्त हुनु पनि यसै कडी भएको उनीहरुको बुझाइ छ ।

Kamal thapa in Delhi

रहस्यमय विदेश भ्रमणमा रहेका पूर्व राजा ज्ञानेन्द्र साह अव हिन्दुराज्य पुनर्वाहालीको सम्भावना नबढेसम्म स्वदेश नफर्कने दावीसहितको समाचार एक साप्ताहिकले प्रकाशित गरेको थियो । राजनीतिक मिसन बोकेर गत माघ ७ गते बैंकक गएका पूर्वराजा कहिले बैंकक र कहिले सिंगापुर बस्दै भारत र चीनका प्रभावशाली व्यक्तित्वहरुसँग भेटवार्ता गरिसकेको उक्त साप्ताहिकले दावी गरेको थियो । पूर्व राजाको सक्रियताको परिणाम ओलीको भारत भ्रमणपछि देखिने भविष्यवाणी त्यतिबेला राजावादीहरुले गरेका थिए । नेपालमा धर्मनिरपेक्षता घोषणा गर्दा नेपालमा क्रिश्चियनिटी र फ्रि-तिव्वत गतिविधी बढेको भारतीय तर्कमा चीन सहमत भएका कारण पनि पूर्वराजा शाहको मिसनलाई सहयोग पुगेको ठानिन्छ । यद्यपी मोदीको भारतीय जनता पार्टी नेपालमा राजतन्त्र भन्दा पनि हिन्दुराष्ट्रको पक्षमा मात्र रहेको भारत मामिला जानकारहरु बताउँछन् । हिन्दु राष्ट्र खारेज हुँदा फरक मत राखेर संविधानमा हस्ताक्षर गरेका कमल थापाले धार्मिक भ्रमणका क्रममा हिन्दु राज्य फर्काउने रणनीतिबारे खुलेर कुरा गर्ने निश्चित रहेको राप्रपा नेपाल भित्रकै ब्यक्तिहरुले हेडलाइन्सलाई बताए ।

ओलीलाई भारतले यसरी देखाइदियो औकात