चर्चित हास्य शो ‘कमेडी नाइट्स विथ कपिल’ अव दर्शकले हेर्न पाउने छैनन् भन्ने हल्ला चलेको धेरै भैसक्यो । अव यसको सट्टामा ‘कमेडी नाईट्स बचाओ’ नामक शो आउने भएको छ ।

यो कमेडी शोलाई चर्चित हास्य जोडी कृष्णा अभिशेक र सुदेश लहडीले गर्नेछन् । यस अघि कलर्सको कपिल शर्माले चलाउने ‘कमेडी नाइट्स विथ कपिल’ भारतीय टेलिभिजन जगतमा नै सबैभन्दा हिट शो बनेको थियो ।

kapil-sharma-comedy nights with kapil

यो शो आउने भएपछि ‘कमेडी नाइट्स विथ कपिल’ को ठाउँ लिन सक्छ कि सक्दैन भनेर चर्चा शुरु भएको छ । तर कलर्सका प्रवक्ताले भने कपिलको शो बन्द नहुने बताएका छन् ।

Amitabh at Comedy nights with kapil 1