विश्वमै आइफोनका प्रयोगकर्ता बढ्दो छन्। नयाँ आइफोन iphone 7 plus अहिले लाख घटीमा किन्न पाइदैन। चर्को मूल्यको बाबजुद आइफोन धेरैको च्वाइस बन्ने गरेको छ। स्मार्टफोनको संसार सुरु गरेको आइफोनले मल्टिफिङ्गर टच सहित पहिलो पटक आइफोन सन् २००७ मा सार्वजनिक गरेको थियो। त्यसपश्चात यो उपकरण माथी प्रयोगकर्ताको भरोसा अहिलेसम्म घटेको छैन।iphone 7 125018310

यहाँ आइफोनका केही फिचरको बारेमा चर्चा गरिएको छ जुन कमैलाई थाहा छ।

  • चार्जिङको समयमा आइफोन फ्याइट मोड (Airplane mode) मा राख्नुस् छिटो चार्ज हुन्छ।iphone-feature-1
  • आइफोनमा केही टाइप गर्दै हुनुहुन्छ, वा फोटो इटिड गर्दै हुनुहुन्छ र केही गल्ती भयो भने, iphone सेक गर्नुस (दाँयाबाँया हल्लाउनुस्) Undo अप्सन देखापर्छ।iphone-feature-2
  • टाइप गर्दा नयाँ वाक्य लेख्नु पर्यो? तब स्पेसबारलाई डबल ट्याप गर्नुस् (दुइ पटक ट्याप) फुलस्टप टाइप हुन्छ।iphone-feature-3
  • iphone मा स्क्रिनसट लिन एकै समयमा होम बटन र पावर बटन क्लिक गर्नुस्।

iphone-feature-1

  • यदि राती गित सुन्दा सुन्दै निदाउनुहुन्छ भने ब्याट्री बचाउन गित अटोअफ गर्न सकिन्छ। यसको लागि टाइमर सेट गर्नुपर्छ। पहिले clock एपमा जानुस्। When Timer Ends मा ट्याप गर्नुस् र स्क्रोल गर्नुस् Stop Playing मा टिक गर्नुस्। तपाईले सेट गर्नुभएको समयमा गित आफै बन्द हुन्छ।

iphone-feature-48

  • खल्तीमा आइफोन छ कानमा हेडसेट छ। बजिरहेको गित चेन्ज गर्न मनलागे हेडफोनको बटन दुई पटक क्लिक गर्नुस् नयाँ गित चेन्ज हुन्छ। हैन फेरी पहिले बजेकै ठिक छ, तीन पटक छिटो छिटो क्लिक गर्नुस् पहिले बजिरहेको गित बज्न थाल्छ। एक पटक क्लिक गर्नुस् गित ‘पज’ हुन्छ।
  • एकैसाथ धेरै फोटो खिच्नु छ भने क्यामेराको बटन दबाइरहनुस्। यस्तो गर्दा फोटोको पुरै श्रृङ्खला क्याप्चर हुन्छ।iphone-feature-2
  • Settings>> General >> Accessibility >> LED Flash for Alerts लाई अन गर्नुस्। म्यासेज वा कल आउँदा LED लाइट फ्ल्यास हुन्छ।iphone-feature-3
  • आइफोनमा इनबिल्ड सिस्टम छ जसको मद्धतले तपाइ ब्याक जान सक्नुहुन्छ। यसको लागि स्क्रिनलाई दाँया स्लाइड गर्नुस्।iphone-feature-4

यो पढ्नुस्।

आइफोन हुने सबैका लागि अतिउपयोगी फिचर, जुन सायद तपाईँले प्रयोग गर्नुभएको थिएन…

आइफोन तथा आइप्याडको iOS कसरी अपडेट गर्ने?