२८ फागुन, एजेन्सी ।

यतिबेला बलिउडमा करिना कपुर र अर्जुन कपुरको निक्कै चर्चा छ । उनीहरुको अपकमिङ फिल्म प्रमोसन र फिल्मको किसिङ सिन खास चर्चाका विषय बनेका छन् ।

बलिउडलाइफका अनुसार करिनाले अर्जुनको अभिनय असाध्यै मन परेको भन्दै आफू सैफलाई छोडेर अर्जुन कपुरसँग विवाह गर्न तयार हुने स्तरमा प्रभावित भएको बताएकी छिन् ।

arjun kareena 1 महिला दिवसको फिल्म प्रमोसनमा करिनाले भनिन्, ” यति काम हेरिसकेपछि म सैफलाई छोडेर अर्जुनसँग विवाह गर्न सक्छु” । यद्यपी करिनाले अर्जुनसँग विवाह गर्न तयार भएका कारण यस्तो भनेकी भने होइनन् ।

उनले आफू अर्जुनको कामबाट निक्कै प्रभावित भएको मात्र भन्न खोजेकी हुन् । यो चलचित्रमा अर्जुन र करिनाबीचका किसिङ सिनले बलिउड तातिएको छ । विवाह भएपछि करिनाले आफूले किसिङ सिन नगर्ने बताएकी थिइन् ।

arjun kareena 2

१ एप्रिलमा रिलिज हुने यो चलचित्रमा महानायक अमिताभ बच्चन र उनकी पत्नि जया बच्चन जस्ता चर्चित कलाकार पनि रहेका छन् ।

एक शर्तमा मात्र सैफसँग विवाह गरेकी हुँ- करिना कपुर

सैफले भनेः करिना आमा बन्ने विषयमा बहस हुँदा दुःख लागेको छ