काठमाडौं, १३ जेठ । तत्कालीन नयाँ शक्ति पार्टीकी नेतृ करिश्मा मानन्धरले पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् ।

पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइ नेतृत्वको नयाँशक्ति पार्टीले संघीय समाजवादी फोरमसँग पार्टी एकता गरेर समाजवादी पार्टी नेपाल नामक नयाँ पार्टी बनाएपछि करिश्माले पार्टीबाट अलग भएको घोषणा गरेकी हुन् ।

आफूले मौखिक रुपमा पार्टीबाट राजीनामा दिइसकेको भन्दै करिष्माले लिखित रुपमा दिन बाँकी रहेको बताएकी छिन् । करिष्मा २०७२ सालमा डाक्टर भट्टराइले नयाँ शक्ति नेपाल पार्टीको घोषणा गर्ने बेलादेखि सक्रिया राजनीतिमा होमिएकी थिइन् ।